शिक्षाको गुणस्तर सुधार्न तीनै तहका सरकार लाग्नुपर्छः प्रदेश सभा सदस्य घिमिरे
अर्घाखाँची । लुम्बिनी प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले शिक्षाको गुणस्तर सुधार गर्न तीनै तहका सरकार लाग्नुपर्नेमा जोड दिएका छन् ।
जिल्लाको पाणिनि गाउँपालिका–५ मा रहेको भानु माध्यमिक विद्यालय मैदानको शिक्षक सम्मान तथा बिदाई कार्यक्रममा घिमिरेले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएका हुन ।
घिमिरेले मुलुकको समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याउँदै शिक्षा सुधारमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गरे । उनले मुलुकको समग्र विकासको लागि पहिलो कुरा शिक्षामा सुधार गर्नुपर्छ भन्दै उनले भने शिक्षाको गुणस्तर सुधारमा प्रदेश सरकार गम्भीर छ ।
उनले स्रोत र साधनको अभावका बिच पनि सामुदायिक विद्यालयको नतिजा सन्तोषजनक रहेको स्पष्ट पारे । विद्यार्थीलाई पढ्दै कमाउँदै खालको वातावरण सिर्जना गर्न उनले पालिकालाई सुझाव समेत दिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रदेश सरकार, #रामजीप्रसाद घिमिरे
ताजा खबर
- १तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- २राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ३रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल
- ४राष्ट्रपति पौडेलको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
- ५प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्दै



तपाईको कमेन्ट लेख्नुहोस्