गृह मन्त्रालयबाट फिर्ता भए चालक र सहयोगी राखिएका ५० भन्दा धेरै प्रहरी
काठमाडौं । गृह मन्त्रालयले नियम विपरित राखेका सुरक्षाकर्मी फिर्ता गर्न दिएको निर्देशन अनुसार २४ घण्टामा ५० जना फिर्ता भएका छन् । चालक तथा सहयोगीका रूपमा राखिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ५० जनाभन्दा धेरै कर्मचारीलाई गृह मन्त्रालयले बुधबार फिर्ता गरेको हो ।
सुरक्षाकर्मीको दुरुपयोग रोक्ने अभियानअन्तर्गत प्रहरी फिर्ता गरिएको मन्त्रालयले जनाएको छ । गृहमा राखिएकामध्ये धेरैजसो चालक रहेका थिए । निजामतीका चालकभन्दा प्रहरीका चालक अनुशासित हुने भएकाले गृहका कर्मचारीले प्रहरी चालक राख्दै आएका छन् ।
विगतमा पनि यस्ता चालक फिर्ता गराउने प्रयास सफल हुन सकेको थिएन । गृहमन्त्री रवि लामिछानेले सुरक्षाकर्मी दुरुपयोग रोक्न निर्देशन दिएपछि मन्त्रालयमा सुरक्षामा खटिनेबाहेकका प्रहरी फिर्ता गर्न लागिएको हो । गाडीको सुविधा नै नपाउने गृहका कर्मचारीले पनि चालकसहित सुविधा लिँदै आएका छन् ।
कार्यालय प्रमुखबाहेक सहसचिवसम्मले चालक पाउनेमा मन्त्रालयका सबैजसो उपसचिवले गाडीको सुविधा प्रयोग गर्दै आएका थिए । यसअघि मन्त्रीको सचिवालयमा पनि सुरक्षाकर्मीको दुरुपयोग हुँदै आएको थियो । मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो ।
सोमबार गृहमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष लामिछानेले सुरक्षाकर्मी दुरुपयोग रोक्न निर्देशन दिएका थिए । सोहीअनुसार मन्त्रालयले सुरक्षाकर्मी फिर्ता गरेको हो । तर, गाडी र इन्धनको दुरुपयोग भने मन्त्रालयमा कायमै रहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गृह मन्त्रालय, #गृहमन्त्री रवि लामिछाने, #सुरक्षाकर्मी फिर्ता
ताजा खबर
- १देउवा पक्षले बोलायो केन्द्रीय समितिको बैठक
- २अन्ततः सरकार र दुर्गा प्रसाईंबीच सहमति
- ३एकताबद्ध हुन आह्वान गर्दै गगन थापाले भने–गठबन्धन अन्त्य हुनेछ, गुट र भागबन्डा हुँदैन
- ४सरकारका प्रवक्ता भन्छन्– चुनाव फागुन २१ भन्दा यताउता हुँदैन
- ५विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व नै आधिकारिक कांग्रेसः निर्वाचन आयोग



तपाईको कमेन्ट लेख्नुहोस्