समानुपातिकमा माओवादीलाई पछि पार्दै अघि लाग्यो ‘घण्टी’

काठमाडौं । प्रतिनिधिसभातर्फ समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा माओवादी केन्द्रलाई उछिनेर अघि बढेको छ । सोमबार विहानसम्म ९२ लाख ३९ हजार मत गणना हुँदा स्वतन्त्र पार्टी माओवादीलाई उछिनेर तेस्रो स्थानमा उक्लिएको हो।
स्वतन्त्र पार्टीले १० लाख ५९ हजार मत पाउँदा माओवादी केन्द्रले १० लाख ५२ हजार मत ल्याएको छ। समानुपातिकतर्फ एमालेको अग्रता निरन्तर छ।
हालसम्म एमालेले २५ लाख २५ हजार, काँग्रेसले २३ लाख ९० हजार, राप्रपाले ५ लाख ४४ हजार, जनता समाजवादी पार्टीले ३ लाख १९ हजार, जनमत पार्टीले २ लाख ५६ हजार र नेकपा एकीकृत समाजवादीले २ लाख ४८ हजार मत ल्याएको छ।
सुरुदेखि नै माओवादीलाई पछि पारेको घण्टी दुईअघि माओवादीले केही मतले अघि देखिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #नेकपा माओवादी केन्द्र, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #समानुपातिक
ताजा खबर
- १प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- २असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
- ३संसदमा सूर्य थापाको नियमापत्ति, भने हामी रत्नपार्कमा छौँ ? मैले बुझ्न सकिनँ
- ४धरौटीमा छोड्ने आदेशपछि राणाः राज्यले फसाउन खोज्यो अदालतले बुझ्यो
- ५अमरेशलाई आरजुले दायर गरेको मुद्दामा अदालतले माग्यो अडियो–भिडियो
तपाईको कमेन्ट लेख्नुहोस्