कपनको खहरे दुई वर्षमा समाधान गर्न नसके फेरि मत माग्न नआउने गगनको बाचा
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापाले कपनमा खहरेको समस्या दुई वर्षमा समाधान नगरे पुनः मत माग्न नआउने प्रतिबद्धता जनाएका छन् । बुढानीलकण्ठको वडा नम्बर १० मा घरदैलो प्रचारको क्रममा थापाले मतदातासँग उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।
दुई वर्ष भित्र यो खहरेको समस्या समाधान गर्न सकेनौं भने अर्कोपटक तपाईंहरुको वीचमा मत माग्न आउँदैनौं,’ थापाले भने । घर अगाडिको ढल र फोहोर मात्रै नभएर देशकै अगाडि थुप्रिएको फोहोरलाई सफा गर्ने उद्देश्य सहित मत माग्न आएको उनले बताए । सामान्य वर्षा हुँदा समेत काठमाडौंको कपन क्षेत्रमा बाढी आउँने गरेको छ ।
वर्षातको समयमा कपन बाढीले स्थानीयलाई सास्ति पु¥याइरहेको छ । बुढानीलकण्ठ वडा नम्बर ११ र त्यसै पालिकाको वडा नम्बर १२ हुँदै वडा नम्बर १० तिर यो बग्छ । यो समस्या समाधान गर्न बाढी नियन्त्रणका लागि ‘बक्स कल्भर्ट’ बनाउने गरी नयाँ योजना अघि बढे पनि त्यसले अन्तिम रूप पाएको छैन ।
आनी गुम्बामा १६ फिटको ‘बक्स कल्भर्ट’ बनाइएको छ । बाढीको समस्या समाधान गर्न उक्त बक्स कल्भर्ट आनी गुम्बादेखि साततलेसम्म बन्नुपर्दछ । माथिल्लो भागमा बक्स कल्भर्ट बन्ने प्रक्रिया सुरु भए पनि तल्लो भागतिर निर्माणले गति लिएको छैन ।

क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #कपनको खहरे, #कपनमा खहरेको समस्या, #गगन थापा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्