आयल निगम नाफामा, उपभोक्तालाई भने पेट्रोलियम पदार्थको मूल्य यथावत
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य अझै घटाउने छाटकाट देखिएको छैन । इण्डियन आयल कर्पोरेसन लिमिटेडले पछिल्लो पटक पठाएको मूल्य सूचीअनुसार पेट्रोल, डिजेल लगायतको मूल्य केही बढेर आएको निगमले जनाएको छ ।
पेट्रोलमा रु ०.६१ प्रति लिटर, डिजेलमा रु ५.७६ प्रति लिटर, मट्टितेलमा रु ४.०१ प्रति लिटर, हवाई इन्धनमा रु ४.७७ प्रति लिटरले बढेर आएको छ । एलपी ग्यासमा केही घटेर आएको भएतापनि निगमलाई हाल डिजेलमा रु १२.१४ प्रति लिटर घाटा रहेको छ भने ग्यासमा रु २२८.८४ प्रति सिलिण्डर घाटा छ ।
पेट्रोल, हवाई इन्धन र मट्टितेलमा हुने केही नाफा समेतलाई गणना गर्दा समग्रमा निगमलाई आगामी १५ दिनमा करिब रु १८ करोड नाफा हुने प्रक्षेपण गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यद्यपि निगमले इण्डियन आयल कर्पोरेसन र नेपाल सरकारलाई रु २९ अर्ब ११ करोड पुरानो ऋण तिर्न बाँकी रहेको जनाइएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल आयल निगम
ताजा खबर
- १वैकल्पिक शक्तिहरुलाई कुलमानको आह्वानः ‘परिवर्तनलाई परिणाममा बदल्न एकै ठाउँमा उभिऔँ’
- २सरकारले निर्वाचनको वातावरण बनाओस्ः प्रगतिशील लोकतान्त्रिक पार्टी
- ३राप्रपाले ज्ञानेन्द्र शाहीलाई दियो आन्दोलनको कमाण्ड, मंसिर २३ मा बृहत् जनप्रदर्शन गर्ने
- ४सरकारले कुनै आग्रह–पूर्वाग्रह नराखोस्, तोकिएकै मितिमा चुनाव हुनुपर्छः प्रचण्ड
- ५पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने काँग्रेसको निर्णय



तपाईको कमेन्ट लेख्नुहोस्