महावीर पुनलाई दिइयो एक करोड राशीको भवन कीर्ति रत्न पुरस्कार

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार दिइएको छ । गैरआवासीय नेपाली संघ र बीबी फाउण्डेशनद्वारा मंगलबार काठमाडौंमा महावीर पुनलाई सो पुरस्कार दिइएको हो ।
शिक्षामन्त्री देवेन्द्र पौडेल लगायतले पुनलाई उक्त पुरस्कार हस्तान्तरण गरेका थिए । आविष्कार र अनुसन्धानमा महाविर पुनले खेलेको भूमिकालाई सबैले सकारात्मक रुपमा लिएको मन्त्री पौडेलले जानकारी दिए ।
मन्त्री पौडेलले असोज १ गते सरकारले विज्ञान दिवस पनि मनाउन लागेको जानकारी दिए । पुनले आविष्कार केन्द्रको शुभारम्भ मात्रै आफूले गर्न खोजेको भन्दै नेपालमा धेरै आविष्कार क्षेत्र विकास गर्नुपर्ने बताए । नेपाल गरिब भएकै कारण युवाहरु विदेशिन बाध्य भएको र उद्योगी व्यवसायीहरुले नै रोजगारीको सिर्जना गर्नुपर्ने उनले बताए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #१ करोड रुपैयाँ धनराशि, #गैरआवासीय नेपाली संघ, #भवन कीर्ति रत्न पुरस्कार
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्