विमानस्थलबाट पक्राउ परेका व्यक्तिलाई शौच गराउँदा निष्कियो एक किलो सुन
काठमाडौं । अवैध रूपमा ल्याएको करिव एक सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
भारतीय नागरिक राहदानी नम्बर भी ११२२८९० वाहक ३१ वर्षीय राहुल रेमानानलाई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट प्रहरीले पक्राउ गरेको थियो ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका राहुललाई शंका लागि प्रहरीले नियन्त्रणमा लिएर काठमाडौं मेडिकल कलेजमा एक्स–रे गराउँदा पेटभित्र शंकास्पद वस्तु देखिएको थियो ।
त्यसपछि उनलाई प्रहरी वृत्त गौशालामा लगि शौच गराउने क्रममा मलद्वारबाट अर्धठोस वस्तुको ४ वटा पोका (सुन) फेला परेको बताइएको छ । थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #भारतीय नागरिक पक्राउ
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्