फेरि बढाइयो इन्धनको मूल्य, पेट्रोलको १७८ र मट्टितेल र डिजेलको १६५ रुपैयाँ
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । सरकारले पूर्वाधार कर समायोजन गर्ने निर्णय गरेपछि प्रतिलिटर १० रुपैयाँ घटेको इन्धनको मूल्य निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको हो ।
अन्तराष्ट्रिय बजारमा उच्च दरले मुल्य बृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाईए भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै निगम सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो ।
पेट्रोलमा लिटरको ८ रुपैयाँ तथा मट्टितेल र डिजेलमा १२ रुपैयाँ मूल्य बढेको आयल निगमले जनाएको छ । अब एक लिटर पेट्रोलको १७८ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको १६५ रुपैयाँ पुगेको छ ।
एलपी ग्यास तथअ हवाई इन्धनको मूल्य भने बढेको छैन । मूल्य समायोजनपछि पनि पेट्रोलमा २४ रुपैयाँ ७० पैसा तथा डिजेलमा १८ रुपैयाँ ०१ पैसा घाटा रहेको निगमले दाबी गरेको छ । मट्टिेतलमा भने प्रतिलिटर १७ रुपैयाँ १ पैसा नाफा रहेको छ ।

क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #इन्धनको मूल्य फेरि बढाए, #नेपाल आयल निगम
ताजा खबर
- १रुकुम–क्यालिफोर्निया जनसम्पर्क समितिको सभापतिमा मनमोहन शाह
- २सबै जिल्लामा पुग्यो मतदाता शिक्षाका लागि नमुना मतपत्र
- ३क्यूआर कोडमार्फत सुझाव संकलन गर्दै रुकुम पश्चिम कांग्रेस उम्मेदवार
- ४जेनजी आन्दोलनबारे ओलीको स्टाटसः १९ जनालाई श्रद्धाञ्जलि दिँदै भने, मैले गोली चलाउने आदेश दिएको छैन
- ५यातायातका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा



तपाईको कमेन्ट लेख्नुहोस्