पल शाह अझै ५ दिन हिरासतमा रहने,नवलपुरमा पनि अनुसन्धान जारी
काठमाडौं । जिल्ला अदालत तनहुँले पल शाहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । नाबालिका बलात्कारको आरोपमा अभिनेता शाह १५ फागुनदेखि तनहुँ प्रहरीको हिरासतमा रहेका छन् ।
उनीविरुद्ध नवलपुरमा पनि जाहेरी परेको थियो, जसका आधारमा जिल्ला अदालत नवलपुरमा बिहीबार मात्र मुद्दा दायर भएको थियो । गत फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि दुईपटक अदालतबाट म्याद थप भइसकेको छ ।
तनुहँ जिल्ला अदालतले पछिल्लोपटक फागुन २२ गते शाहमाथि अनुसन्धानका लागि १२ दिनको म्याद थपको अनुमति दिएको थियो । यसबीचमा नवलपुरमा परेको मुद्दाको अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय गैंडाकोट लगिएको थियो । त्यसपछि तनहुँ प्रहरीले बाँकी अनुसन्धानको काम गर्न सकेको थिएन । दुबै जिल्लामा पलमाथि अनुसन्धान जारी छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पल शाह, #पाँच दिन हिरासतमा
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्