Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

नेपालमा विनाअप्रेसन मुटुको कृत्रिम भल्व प्रत्यारोपण सफल


काठमाडौं । नेपालमा पहिलो पटक विनाअप्रेसन मुटुको कृत्रिम भल्वको प्रत्यारोपण सफल भएको छ । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ८० वर्षीया महिलाको मुटुमा कृत्रिम भल्व राखेर सफलता हात पारेको हो । केन्द्रका निर्देशक डाक्टर चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्व साँधुरो भएपछि भल्वको ठाउँमा नयाँ कृत्रिम भल्व राखिएको बताए ।

‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन )टीएभीआई) विधिबाट सफलतापूर्वक भल्वको प्रत्यारोपण गरिएको नेपालमा यो नै पहिलो घटना हो । डाक्टर अधिकारीको नेतृत्वमा २२ जनाका टोलीले भल्वको सफल प्रत्यारोपण गरेको हो । यस किसिमको प्रत्यारोपण अब नेपालमा हुने भएपछि धेरै बिरामीको उपचार गर्न सकिने छ ।

सन् २००२ देखि यस किसिमको कृत्रिम भल्व फ्रान्समा पहिलो पटक गरिएको थियो । कृत्रिम भल्व प्रत्यारोपण गर्न भारतमा ६० देखि ८० लाख रुपैयाँ लाग्ने र नेपालमा २० देखि २५ लाखमा गर्न सकिने बताइएको छ ।
कसरी गरिन्छ त कृत्रिम भल्व राखेर उपचार ?
यसविधि अनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात क्याथेटरद्वारा मानवनिर्मित भल्व मुटुभित्र छिराइ रोग भएको एओर्टिक भल्वको ठाउँमा प्रत्यारोपण गरिन्छ । प्रत्यारोपण भएको भल्वले तुरुन्तै काम सुरु गर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसुस हुने डाक्टर अधिकारी बताउछन् ।

सोमवार भल्व प्रत्यारोपण गरेर शुक्रबार बिरामीको डिस्चार्ज गरिएको हो । मुटुको एओर्टिक भल्व साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्छ । एओर्टिक भल्व वयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा शल्यक्रिया गर्न असहज हुँदा भल्व नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

नेपालमा नै कृत्रिम भल्वको सफल प्रत्यरोपण गरेपछि अब भल्व परिवर्तन गर्नका लागि भारतलगायत विदेशमा महँगो खर्च गरेर जान नपर्ने भएको छ । केन्द्रका निर्देशक डा. अधिकारीले कृत्रिम भल्व भने नेदरल्यान्ड लगायतका देशबाट खरिद गरेर ल्याइने जनकारी दिए ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #‘ट्रान्सक्याथर इरोटिक, #मुटुको कृत्रिम भल्व, #शहीद गङ्गालाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं