युक्रेनमा रहेका ५ सय ११ जना नेपाली सुरक्षित, कहिले आइपुग्छन नेपाल ?
काठमाडौं । युक्रेनबाट पाँच सय ११ जना नेपाली सीमावर्ती छिमेकी देशमा पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अहिलेसम्म युक्रेनबाट पोल्यान्डमा चार सय तीन, स्लोभाकियामा ७१, रोमानियामा २७, हङ्गेरीमा ६ तथा मोल्दोभामा ४ जना नेपाली पुगेका छन् । उनीहरुलाई भारतीय उडानबाट सुरक्षित तरिकाले स्वदेश ल्याउने तयारीमा सरकार लागेको छ ।
युक्रेनबाट निस्केका नेपाली नागरिकलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत ल्याउनका लागि भारत सरकारलाई अनुरोध गरिएको समेत परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उद्धारका लागि भारतबाट सकारात्मक जवाफ प्राप्त भएको र युक्रेनको सुरक्षा अवस्थालाई ध्यानमा राखेर त्यहाँ रहेका नेपालीलाई सुरक्षित ठाउँमा पुर्याउन र देश फर्काउन पनि सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जानकारि दिएको छ ।
उद्धार कार्यमा बर्लिनमा रहेको नेपाली राजदूतावास र मस्कोमा रहेको नेपाली राजदूतावासलाई परिचालन गरिएको छ । युक्रेनको विभिन्न ठाउँमा रहेका बाँकी केही नेपाली पनि तुलनात्मक रुपमा सुरक्षित रहेको र पश्चिम क्षेत्रतर्फ जाँदै गरेको बताइएको छ । उद्धार र राहत कार्यमा समन्वय गर्न नेपाली राजदूतको अध्यक्षतामा गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष सम्मिलित एक कार्यसमिति गठन गरेर काम भैरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #युक्रेन, #सीमावर्ती
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्