पल शाहले गरे प्रहरीसामू आत्मसमर्पण, भिडियो सार्वजनिक गर्दै भने अदालतले जे भन्छ मान्छु(भिडियो सहित)

काठमाडौं । ११ फागुनमा नाबालिका गायिकाको परिवारले नेपाली चलचित्रका नायक एबं मोडल पल शाहविरुद्ध बलात्कारको आरोप सहित किटानी जाहेरी दिएका थिए । पीडितका परिवारले नायक शाहले २०७८ वैशाख १४ गते ललाइ फकाई जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेका छन् । त्यस्तै २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबरजस्ती करणी गरेको पनि जाहेरीमा उल्लेख गरिएको छ ।
शाह बिरुद्ध करणि अभियोगमा किटानी जाहरी परेलगत्तै जिल्ला अदालत तनहुँबाट पक्राउ पूर्जी जारी गरि प्रहरीले शाहको खोजी थालेको थियो । तर शाह प्रहरीको सम्पर्कमा आएका थिएनन् । र प्रहरीको फरार सुचिमा थिए । बलात्कारको किटानी जाहेरी परेको चार दिनपछि शाह आफैँ प्रहरीमा आत्मसमर्पण गर्न पुगेका हुन् ।
आत्मसमर्पण गर्नु अघि उनले सामाजिक संजालमा एक भिडियो पोष्ट गर्दै आँफूलाई लागेको अभियोगबारे स्पष्ट पारेका थिए । नेपालको बिद्यमान कानुनले १८ बर्ष मुनिकालाई नावालिक ठहर गरेको छ । त्यसैले १८ बर्ष मुनिका बालिकामाथि सहमति वा असहसमति जुनसुकै परिस्थितिमा पनि शारीरिक सम्पर्क राख्नुलाई दण्डनिय मानेको छ । यदि त्यस्तो परिस्थिति आए बालिकाले १८ बर्ष पुगेको १ बर्ष सम्म आफूमाथि जवजस्ती करणी भएको भनि किटानी जाहेरि दिनसक्ने कानुनमा उल्लेख छ ।
सोही कानुनमा टेकेर पीडित भनिएकि नाबालिकाकि परिवार शाह बिरुद्ध कानुनी उपचारमा गएको हो । शाह बिरुद्ध किटानी जाहेरी परेपछि सामाजिक संजालमा सकारात्मक र नकारात्मक दुबै तर्फबाट निकै चर्चा परिचर्चा भइरहेको छ । शाहले तनहुमा आत्मसमर्पण गरेसँगै अब कानुनि प्रक्रिया अधि बढ्ने छ । नाबालिका गायिकामाथि बलात्कार आरोपमा उजुरी दिएका पीडित परिवारले शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ अनुसार अपराधमा कारबाही गर्न माग गरेका छन् ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #किटानी जाहेरी, #पल शाह, #शाह बिरुद्ध करणि
तपाईको कमेन्ट लेख्नुहोस्