सुरेन्द्र भण्डारी र माधव तिमिल्सीनाको मनपरी,छुट्टा छुट्दै बक्तब्यबाजी,एकले अर्कोलाई दोष
बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको साधारणसभा अनिश्चित

काठमाडौं । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लिमिटेडमा अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव माधव तिमिल्सीनाको विवाद छताछुल्ल भएको छ । सहकारी अभियानका नाममा बनाईको बहुउद्देश्यीय केन्द्रीय सहकारी संघमा अध्यक्ष र सचिवले नाटक देखाइरहेका छन् । अध्यक्ष भण्डारीले आफनो बर्चस्व जमाउन नयाँ सदस्य थप्न चाहन्छन् भने सविच तिमिल्सीना थप्न चाहदैनन । सचिव तिमिल्सीनाले अध्यक्ष भण्डारीले माइन्यूट समेत च्यातेको आरोप लगाइरहेका छन् ।
सहकारी ऐन २०७४ अनुसार संघमा दुई बर्ष मात्रै कार्यकाल तोकिएको छ । तर, अध्यक्ष भण्डारी फेरि अध्यक्ष बन्न खोजेको आरोप यतिबेला लगाइरहेका छन् । अध्यक्ष भने सचिव लगायत अन्य सदस्यको मुर्खपन भएको आरोप लगाइरहेका छन् । सहकारी विभागमा उजुरी परेको र किर्ते हस्ताक्षर गरेर बिज्ञप्ती निकालेको आरोप अध्यक्ष भण्डारीले जिकिर गरिरहेका छन् । कानुनबिपरित काम गरेर सचिवले नेतृत्व हत्याउन खोजेको आरोप भण्डारी बताउछन् ।
यी दुई थरी भनाईले संघको निर्वाचन सहितको ९ औं साधारण सभा अनिश्चित भएको छ । संघका अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव माधवप्रसाद तिमिल्सिनाबीच यतिबेला बक्तब्यवाजी गरेर जग हसाई गरिरहेका छन् । संघको साधारण सभाको सुचना जारी गर्ने विषयमै अध्यक्ष र सचिवको प्रतिष्पर्धा चलिरहेको छ । सघंका अध्यक्ष भण्डारीले साधारण सभा स्थगित भएको सूचना प्रकाशित गरिरहेका छन् भने अर्कातिर सचिव तिमिल्सिनाले अध्यक्षको सुचनाको प्रतिवाद गर्दै तोकिएकै समय पौष २९ गते नै साधारणसभा हुने भन्दै सूचना जारी भएपनि साधारण सभा भने रोकिएको थियो ।
अध्यक्ष भण्डारी र सचिव तिम्सिनाविच चलिरहेको यो विवाद नियमन गर्ने निकाय सहकारी विभागमा पुगेपनि समस्या ज्यूका त्यू छ । विभागमा उजुरी परेसँगै विभागले सघलाई सहकारी ऐन २०७४ को परिधिभित्र रहेर पुसभित्रै साधारणसभा गरी त्यसको जानकारी गराउन लिखित निर्देशन दिएपनि सघंभित्रको विवाद अदालतसम्मै पुगेको छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको साधारण सभा स्थगित भएसँगै अव कहिले हुने भन्ने निश्चित छैन् ।
ललितपुर जिल्ला अदालतमा नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघले दायर गरेको मुद्धामा संघका उपाध्यक्ष नारायणभक्त श्रेष्ठ,सचिव माधव प्रसाद तिम्सीना, सदस्य तुलसीप्रसाद सापकोटा, पार्वती थापा, मनोजकुमार थापा र बलराम खनाल सहित सञ्चालकलाई विपक्षी बनाइएको थियो । अदालतले २८ गते विहिवार कोरोना सक्रमण र सदस्यहरुको विवादको कारण देखाउदै साधारण सभा नगर्न आदेश दिएको थियो ।
बहुउद्देश्यीय संघभित्रको खास विवाद के हो त ?
साधारण सभाको तयारी, संघको सदस्यता वितरण लगायत १० वटा विषयहरुमा छलफल गर्न पौष १९ गते बैठक बोलाइएको थियो । बैठकमा नयाँ सदस्यताको लागि २८ वटा सहकारीको प्रस्ताव पेश गरिएको थियो । सोही विषमा केही सञ्चालकले आपत्ती जनाएपछि विवाद शुरु भएको हो ।
निर्वाचन सहितको साधारण सभाको मुखमा आएर सदस्यता वितरण गर्न नहुने विषय केही सञ्चालकले उठाएका थिए । सदस्यता प्रदान गर्ने विषय कुनै पनि निर्णयबाट बन्द नगरिएको र २० गतेसम्म आएका फाईलहरुलाई सदस्यता दिने प्रस्ताव अध्यक्ष भण्डारीले गरेपछि विवादले उग्र रुप लिएको हो । सोही विषयमा बारम्बार विवाद भएपछि बैठक केहीदिनमै बस्नेगरी स्थगित भएको थियो ।
विवाद सुरु भएकै भोलीपल्ट सहकारी विभागमा उजुरी परेपछि हालसम्म आधिकारीक रुपमा बैठक बस्न सकेको छैन् । सहकारी विभागले साधारण सभा स्थगित गर्न बसेको समितिको बैठकको निर्णय,सदस्यहरुको नामावली सहितका केही विवरणहरु माग गरेपनि संघले हालसम्म कुनै जवाफ नदिएको सहकारी विभागले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अध्यक्ष सुरेन्द्र भण्डारी र सचिव माधव तिमिल्सीना, #बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्