Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

हिजोका विवादित र ट्रोल बनेका मन्त्री प्रेम आले अहिले चर्चामा,आलेका यी हुन चित्त बुझने काम


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डलका सबैभन्दा चर्चित सदस्य हुन्, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आले । पहिलो पटक केपी शर्मा ओलीको सरकारमा ५ महिना बनमन्त्री हुँदा व्यंग र विवादमा पात्र बन्दै मन्त्री पद नै गुमाएका आलेले बतास समूहलाई नारायणहीटी संग्राहलयबाट बतास समूहलाई लखेटेपछि भने केही प्रशंशा बटुलेका छन् । तर, मन्त्रीका रुपमा यो इनिङमा पनि उनी छुच्चो बोलीका कारण विवादभन्दा टाढा रहन सकेका छैनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्याकालमा पहिलो पटक मन्त्री बन्ने सौभाग्य पाएका प्रेमबहादुर आले निरन्तर विवादमा मात्रै आएनन्, सामाजिक सञ्जालमा ट्रोल नै बने । वनमन्त्रीका रुपमा पटक–पटक उनले दिएको विवादास्पद अभिब्यक्ती र काम गर्ने ढंग नपु¥याउदा आलेले भाइरल मन्त्रीकै उपनाम समेत पाए ।

सरकार सात गियरमा जान्छ, रुखले कार्वनडाअक्साइड दिन्छ, कोरोना महामारीका समयमा पशुपतिमा लास जलाउन दाउराको कमी हुँदैन भन्ने उनको अज्ञानपूर्ण बोली अनि राहतमा वितरण गरिएको अक्सीजन सिलिण्डरमा आफ्नै फोटो टाँस्ने लगायत अनेकौँ विवादास्पद काम र अभिब्यक्तीका कारण आलेले ठूलो आलोचना खेप्नु परेको थियो । तर, तीनै आलेले ओलीलाई लात हान्दै माधव नेपालको पार्टीमा गएपछि गत असोज २२ गते फेरि देउवा सरकारमा मन्त्री बन्ने अवसर पाए ।

पहिलो पटक कमाएको बद्नामीबाटै पाठ सिकेर होला आलेले अहिले भने देउवा सरकारमा काम गर्ने मन्त्रीका रुपमा चर्चा कमाएका छन् । तर, पनि बोलीमा लगाम नलाउन नसक्दा उनले गरेका काम ओझेलमा पर्ने गरेका छन् । एउटा मन्त्रीसँग हुनुपर्ने सामाजिक संस्कार र असभ्य बोलीका कारण उनी फेरि पनि विवादमा मुछिनबाट बच्नुपर्छ ।
आखिर कसरी चर्चामा आए त मन्त्री आले
आलेले मन्त्री बनेपछि नेपाल एरलाइन्समा ९९ दिनदेखि जारी आन्दोलन स्थगित गराएर राम्रो कामको सुरुवात गरेका थिए । नेपाल एरलाइन्सका बिमान घाममा सुकाएको भन्दै प्राइभेट कम्पनीसँग सेटिङ नगर्न कर्मचारीलाई चेतावनी दिए । भोजपुर जाने ७ यात्रुलाई विमानले छाडेर गएपछि मन्त्री आले बिमानस्थलमै पुगेर यात्रुसँग माफी मात्रै मागेनन् कर्मचारीलाई आइन्दा यस्तो नगर्न चेतावनी समेत दिए । बिदेशीने यात्रुहरुको विमानस्थलमा पिसीआर गराउँदा चर्को शुल्क लिएपछि यात्रुको गुनासोमा उनले त्यो शुल्कलाई २ हजार रुपैयाँबाट १२ सयमा झारिदिए ।

एरपोर्टमा ट्याक्सीले चलाउदै आएको लुट धन्दालाई बन्द गर्न बिमानस्थल आवात जावतका लागि निशुल्क बस सेवा नै सञ्चालनमा ल्याए । बिभिन्न स्थानका विमानस्थलको अवलोकणसँगै सुधारका लागि कर्मचारीलाई अल्टिमेटम दिँदा भने आलेले धम्कीपूर्ण भाषा प्रयोग गरे । पछिल्लो समय नारायणहिटी दरबारमा बतास समूहले क्याफ्ट्रिया र बार नै खोल्ने तयारी गरेपछि उनको ठाडो निर्देशनमा संरचना नै भत्काइउको छ । पशुपति धर्मशाला लिजमा दिने निर्णयको छानविन गर्न समिति पनि बनाएका छन् । जसले आलेको चर्चा चुलिएको छ । तर, यो कार्य प्रसंसा बटुल्न हो कि कामै गरेर देखाउने चाहना हो ? त्यसका लागि समयलाई भने कुर्नै पर्छ ।

हुनत् मन्त्री आलेले पर्यटन बोर्डका सिईओ डा.धन्नजय रेग्मीलाई साँढे भन्दै दिएको अभिब्यक्ती पनि विवादमा नै आयो । मन्त्री आलेले सार्वजनिक कार्यक्रममै ब्यक्तीगत कुण्ठा पोख्नुलाई भने कसै पनि राम्रो मानेका छैनन् । बिगतमा बन तस्करीको आरोप खेपेका मन्त्री आलेले गरेका कामको प्रशंशा त भएकै छ । तर, एउटालाई ठोकेर अर्कोलाई फाइदा दिने नियत आलेको रहेको कुरा पनि मन्त्रालयभित्रै सुनिन थालेको छ । चर्चा कमाउनकै लागि यस्ता गतिबिधि गरेका हुन् भने आलेको राजनीतिक भविष्य समेत संकटमा पर्ने पक्का छ ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #आलेको दौडधुप

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं