Techie IT
  • २५ असार २०८२, बुधबार
KhojPatrika

कोरोना संक्रमण धेरै बढे स्मार्ट लकडाउन गर्ने सीसीएमसीको संकेत


काठमाडौं । एकैदिन दोब्बर कोरोना संक्रमित फेला परेपछि र ओमिक्रोनका संक्रमित फेला परेपछि फेरि स्मार्ट लकडाउन हुने देखिएको छ । शुक्रबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठकले यस्तो संकेत गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिए । प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन र सङ्क्रमितहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।

उनले यसको सङ्क्रमण दर बढ्न नदिन सीमा नाकाहरूलाई चुस्तदुरुस्त बनाउन र सङ्क्रमितहरूको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराएका छन् । सङ्क्रमितहरूको परीक्षण, उनीहरूको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

बैठकले संघीय सरकारले बेहोर्नेगरी सङ्क्रमितहरूको उपचार खर्च तत्कालका लागि भने स्थानीय सरकारले बेहोर्ने विषयमा पनि छलफल गरेको छ । बैठकमा कोभिड भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । सङ्क्रमितहरूको सङ्ख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरू बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्