कोरोना संक्रमण धेरै बढे स्मार्ट लकडाउन गर्ने सीसीएमसीको संकेत
काठमाडौं । एकैदिन दोब्बर कोरोना संक्रमित फेला परेपछि र ओमिक्रोनका संक्रमित फेला परेपछि फेरि स्मार्ट लकडाउन हुने देखिएको छ । शुक्रबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) निर्देशक समितिको बैठकले यस्तो संकेत गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिए । प्रधानमन्त्री देउवाले ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन र सङ्क्रमितहरूको उपचारमा विशेष ध्यान दिन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।
उनले यसको सङ्क्रमण दर बढ्न नदिन सीमा नाकाहरूलाई चुस्तदुरुस्त बनाउन र सङ्क्रमितहरूको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि सचेत गराएका छन् । सङ्क्रमितहरूको परीक्षण, उनीहरूको उपचारको व्यवस्था र कोभिडविरुद्धको खोप लगाउने कामलाई पनि अझ तीव्रता दिन प्रधानमन्त्रीबाट निर्देशन भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।
बैठकले संघीय सरकारले बेहोर्नेगरी सङ्क्रमितहरूको उपचार खर्च तत्कालका लागि भने स्थानीय सरकारले बेहोर्ने विषयमा पनि छलफल गरेको छ । बैठकमा कोभिड भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमणदर बढ्दै गएमा छिट्टै अर्को बैठक बोलाएर स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ । सङ्क्रमितहरूको सङ्ख्या बढेर गएमा भिडभाड हुने सिनेमा हल, हिउँदे बिदालाई ध्यानमा दिएर विद्यालयहरू बन्द गर्ने जस्ता स्मार्ट लकडाउनका विषयमा पनि छलफल गरिएको मन्त्री खतिवडाले बताए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्