राजेश पायल राईमाथि हातपात गर्ने पासाङ दावा शेर्पाले रक्सी राखेर मागे माफी
काठमाडौं । गायक राजेश पायल राईमाथि आक्रमण गर्ने पासाङ दावा शेर्पाले रक्सी सगुन राखेर माफी मागेका छन । उनले रक्सी र खादा सगुन दिएर माफी मागेका हुन्। उनले माफी मागेको भिडिओ सार्वजनिक भएको छ जहाँ दुवै जना खुसी देखिन्छन्। आदिवासी जनजाति समुदायमा कुनै गल्ली गरे भद्रमलाद्मीको उपस्थितिमा रक्सी राखेर माफी माग्ने चलन छ।
यसरी माफी मागे गल्ती गर्नेलाई माफी दिइने गरिन्छ । शेर्पाले आफूले आवेशमा आएर यस्तो गरेको र अबदेखि नगर्ने प्रतिवद्धता गरेका छन्। गायक राईले पनि माफी दिने भन्दा आत्मालोचना गर्ने महान् भएको भन्दै क्षमा दिएका छन्। उनले आफूले पनि माफी दिएको र आफ्ना समर्थकलाई गाली गलौज नगर्न पनि आग्रह गरेका छन ।
शनिबार अमेरिकामा आयोजित नयाँ वर्षको स्वागत कार्यक्रममा गीत गाइरहेका राईमाथि शेर्पाले पछाडिबाट आएर हातपातको प्रयास गरेका थिए। शेर्पाले राईमाथि गरेको आक्रमणको सर्वत्र आलोचना भएको थियो। सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेका गायक राई केही दिनमै स्वदेश फर्किँदैछन ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राजेश पायल राई
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्