माओवादी महाधिबेशनः १४ समूहले निचोड सुनाउँदैं,नेताहरु सुध्रिएर अघि बढ्नुर्नेमा धेरैको राय

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौ महाधिवेसन अन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न समुहले आज पनि सुझाव दिदैछन् । २५ समूहमध्ये आज १४ वटा समूहले सुझाव पेश गर्दैछन् । बुधबार ११ समूहले छलफलको निष्कर्श सुनाएका थिए । सुझाव दिने क्रममा महाधिवेशन प्रतिनिधिहरुले पार्टी केन्द्रीय सदस्यका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन अनिवार्य गर्नुपर्ने माग गरे । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा गरिएको सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रममा गण्डकी प्रदेशको तर्फबाट सो माग उठेको हो ।
त्यस्तै राजनीतिक प्रतिवेदनको प्रस्तावनामा माओ जयन्ती र प्रथम सहिदलगायतकाको नाम उल्लेख गरी श्रद्धाञ्जली दिनुपर्ने, माक्र्सवादको परिमार्जन भन्नुको सट्टा माक्र्सवादको श्रृजनात्मक प्रयोग र विकास भन्नुपर्ने तथा चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँको अर्थतन्त्रबारे स्पष्ट उल्लेख गर्नुपर्ने सुझाव समेत प्रस्तुत गरेका थिए । कतिपय प्रतिनिधिले प्रचण्डपथ ल्याउनुपर्छ भन्ने खालका सुझाव पनि दिएका छन् । त्यस्तै समाजवादको प्राप्तीका लागि गरिने संघर्षमा मित्र शक्ति को–को हुनसक्छन् भन्ने किटान पनि प्रष्ट रुपमा गरिनुपर्ने सुझाव पनि आएको छ । त्यस्तै अन्य दललाई हेर्ने नजर पनि प्रस्ट हुनुपर्ने सुझाव कतिपयको छ ।
अमेरिका साम्राज्यवाद भन्ने शब्द किटान गरिए पनि भारतीय विस्तारवादको बिषय नउठाएकाले त्यसमा पनि महाधिवेसन प्रतिनिधिले आवाज उठाएका छन् । सिमा विवादको कुरा , एमसिसीलाई पारीत गर्न हुन्न भन्ने बिषयलाई पनि प्रस्ट रुपमा उल्लेख गर्नुपर्ने कुरा छलफलका क्रममा प्रस्तुत भएका छन् । चुनावी घोषणापत्र जस्तो देखिएको प्रतिवेदनमा भने कतिपयले कार्यन्वयन गर्न नसकिने बिषयलाई उल्लेख नै गर्न नहुने बताएका छन् ।
त्यस्तै बर्ग संघर्सका कुरा, प्रकृति र पर्यावरणका कुरामा प्रस्टता हुनुपर्ने माग पनि महाधिवेसन प्रतिनिधिको छ । यसरी आएका सुझावहरुलाई टिपोट गरी त्यसलाई अन्तिम रुप दिने तयारी माओवादी नेतृत्वको छ । तर ११ गतेदेखि १५ गतेसम्म भनिएको महाधिवेसन भने समयमा नसकिने देखिएकाले दुई दिन थप गर्दै १७ गतेसम्म महाधिवेसन चल्ने भएको छ । महाधिवेसन बिचार र नीतिमा बढी केन्द्रित भएकाले लम्बिने भएको नेताहरुले दाबी गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #नेकपा माओवादी केन्द्र
तपाईको कमेन्ट लेख्नुहोस्