कांग्रेसको महिला केन्द्रीय सदस्यमा डिलालाई पहिलो मत, आरजुलाई तेस्रो (सूची सहित)
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय सदस्य (महिला खुलातर्फ) मा डिला संग्रौला, पुष्पा भुसाल, डाक्टर आरजु राणा देउवासहित ९ जना निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार राति सम्पन्न मतगणना अनुसार ३० उम्मेदवारमध्ये ९ जना विजयी भएका हुन् । विजयी हुनेमा संग्रौला, भुसाल र देउवासहित अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडे, सुशीला आचार्य ढकाल र रंगमती शाही रहेका छन् ।
संग्रौलाले सर्वाधिक २८८५ मत पाएकी छन् । उम्मेदवारहरू अनिता देवकोटा, जानुका ढकाल, उमा दाहाल, किरण कोइराला, रुक्मिणि देवी कोइराला, बिजुला शर्मा राणा, कल्पना अधिकारी, बासना थापा नम्रता बराल, सावित्री बोगटी (पाठक), अकला गुरुङ, धन खतिवडा, अम्बिका सुवेदी, तुलसा पन्त, सीतादेवी देवकोटा (पाण्डे), रीता दवाडी, उषाकुमारी राउत, शान्ति कार्की, गौरी कुमारी श्रेष्ठ, मोदती केसी र अम्बिका केसी लामिछाने पराजित भएका छन्
कसले कति मत पाए सूची सहित
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल




तपाईको कमेन्ट लेख्नुहोस्