कांग्रेस सभापतिमा शेरबहादुर देउवा २७३३ मतले निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा २ हजार ७ सय ३३ मतले निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २ हजार ३ सय ११ मत चाहिन्थ्यो । देउवाले २ हजार ७ सय ३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १ हजार ८ सय ५५मत पाएका छन् । ३५ मत भने बदर भएको थियो ।
यसअघि सोमबार भएको पहिलो चरणको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये सबभन्दा धेरै मत देउवाले ल्याएका थिए । तर बहुमत पुगेनको थिएन । कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६ सय ७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २ हजार ३ सय ४० मत चाहिन्थ्यो । देउवाले २ हार २ सय ५८ पाएका थिए भने शेखरले १ हजार ७ सय २ । प्रकाशमान सिंहले ३ सय ७१ मत पाउँदा विमलेन्द्र निधिले २ सय ५० र कल्याण गुरुङले २२ मत पाए ।
कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो । २०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा पनि देउवाले दोस्रो चरणमा सभापति जितेका थिए । रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरेका उनलाई पहिलो चरणमा ८ मत पुगेको थिए । दोस्रो चरणमा सिटौलाको साथ पाएपछि पौडेललाई हराएर कांग्रेसको सभापति चुनिएका थिए । यो पटक पनि उनले दोस्रो चरणमा आफूसँग प्रतिस्पर्धा गरेका तीन उम्मेदवारको साथ पाए । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गरेपछि देउवाले कांग्रेसको दोस्रो कार्यकालका लागि सभापति जितेका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #सभापतिमा शेरबहादुर देउवा
ताजा खबर
- १एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- २रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने
- ३समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै
- ४किन आयो कांग्रेस सभापति गगन थापाको राजीनामा ?
- ५युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्