Techie IT
  • २१ वैशाख २०८२, आईतबार
KhojPatrika

पढाईका नाममा वालवालिकालाई मानसिक तनाव, शिक्षाका नाममा बोकाइन्छ थेक्न नसक्ने भारी


काठमाडौं । एक्काइसौं शताब्दीमा पनि व्यावहारिक र जीवन उपयोगी बन्न नसकेको हाम्रो शिक्षा पद्धतिका कारण बालबालिका एकातिर किताब–कापीको गह्रौं भारीले थिचिएका छन् भने, अर्कातिर गृहकार्यको तनावमा पर्छन् । सामान्य लेख पढ तथा खेलकुद गर्ने बेलाका बालबालिका आफुभन्दा भारी किताब, कापी बोकेर विद्यालय जान बाध्य छन् । बालबालिकाका लागि खेलकुद तथा अतिरिक्त क्रियाकलापका लागि समय छुट्याउनै मुस्किल बन्दै गएको छ ।

विश्वभरका विद्यालय तथा शिक्षा प्रणाली समय सापेक्ष चल्दै गर्दा नेपालका विद्यालयमा उही पुरानै घोकन्ते प्रणलीबाट नै पठन पाठन हुदै आएको छ । विद्यालय सन्चालन हुने समय ५ देखि ६ घण्टा हुन्छ तर नेपालका विद्यार्थीले ७ देखि १२ घण्टा विद्यालयमै बिताउने गर्छन् । नेपालका विद्यालयमा कुनै मापदण्ड विना नै विद्यालय सत्र सन्चालन गरिन्छ । अझ निजी विद्यालयले त नेपाल सरकारले निमार्ण गरेको पाठ्यक्रम भन्दा अत्यधिक बढि पाठ्य पुस्तक थप्ने गर्छन् ।

सामान्य कक्षा १ मा अध्ययन गर्ने बालबालिकाका लागि नेपाल सरकारले ५ बटा पुस्तक छुट्याएको छ र त्यहि अनुसारको विषयवस्तु पनि निधारण गरेको छ । तर हिजो आज कक्षा एकमा अध्ययन गर्ने बालबालिकाले १०,११ वटा पुस्तक अध्ययन गर्छन् । यस्तो शिक्षा प्रणालीका कारण विद्यार्थी पढाइको अनावश्यक चापमा परेको र गुणस्तर पनि सुधार हुन नसकेको शिक्षाविद् मनप्रसाद वाग्लेको भनाइ छ । विषेत यस्तो प्रणाली सामुदायिक तथा सरकारी भन्दा पनि निजी विद्यालयमा देखिने गर्छ ।

उत्कृष्ट नतिजा ल्याउनका लागि र विद्यालयको प्रचारकै लागि भएपनि निजी विद्यालयले गृहकार्य र अतिरिक्त किताबको बोझ विद्यार्थीमाथि थुपार्ने गर्छन् । यता अभिभावक पनि धेरै गृहकार्य गर्दैमा शैक्षिक गुणस्तर सुध्रिने ठान्छन् । निजी विद्यालय सन्चालकहरु भने अभिभावकले नै धेरै गृहकार्य दिन दबाब दिने गरेको दाबी गर्छन् । निजी विद्यालय र अभिभावकको साँघुरोँ सोचका कारण विद्यार्थीमाथि अनावश्यक दबाब परेको छ । विद्यार्थी माथि नचाहिदोँ दबाबका कारण मानसिक समस्या पनि देखापर्न थालेको छ ।

अनावश्यक रुपमा थोपरिएको पढाइको बोझका कारण बालबालिकाले खेल्ने, रमाउने ,अतिरिक्त क्रियाकलाप तथा सिर्जनात्मक गतिविधिका लागि समय नै पाउँदैनन् । जसले गर्दा विद्याथीको सिजनात्मक क्षमता नै घट्दै जान्छ । यसतर्फ निजीविद्यालय सन्चालक र अभिभावक जिम्मेवार बन्ने कि ?


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #किताब–कापीको गह्रौं

तपाईको कमेन्ट लेख्नुहोस्