काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने मानबहादुर नेपालीको घोषणा
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा मानबहादुर नेपालीले केन्द्रीय सदस्यमा उमेद्वारी दिने घोषणा गरेका छन् । रुकुम काँग्रेसका पूर्व जिल्ला सभापति समेत रहेका नेपालीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । महािधवेशनमा दलित कोटाबाट उम्मेदवारी दिने नेपालीले बताए ।
नेता नेपाली नेपाली काँग्रेस भित्र दलित समुदायबाट पहिलो जिल्ला पार्टी सभापति बन्ने मौका पाएका थिए । २०६७ देखि २०७२ माघ २५ गतेसम्म साविक रुकुम जिल्लाको सभापति भएका नेपालीले राष्ट्रिय दलित आयोगका नेतृत्व सम्हालेका थिए ।
नेता नेपाली माओबादीको उद्गम थलो मानिने रुकुममा प्रजातन्त्र जोगाउन मात्रै होइन कांग्रेसलाई बचाइराख्न समेत लागि परेका थिए । कर्णाली प्रदेशको दलितको नेतृत्व गर्दै उमेद्वारी दिने सोच बनाएका नेपालीले संस्थापन पक्षबाट दाबी गरेको बताएका छन् । कर्णाली प्रदेशमा संस्थापन पक्षले नै जित हासिल गरेको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेसको १४ औं महाधिबेशन, #मानबहादुर नेपालीले केन्द्रीय सदस्यमा
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्