रुकुमपूर्वमा पुगेर निशुल्क उपचार गर्दै डा.गोविन्द केसी
काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै आएका डाक्टर गोबिन्द केसी रुकुमपुर्व पुगेका छन् । बुधबार रुकुम पूर्वमा पुगेका डाक्टर केसीले निशुल्क सर्वसाधारणको उपचार गरिरहेका छन् । गत बुधबारदेखि जिल्ला अस्पताल रुकुम पूर्वमा पुगेर उनले दैनिक बिरामीको निशुल्क उपचार गरिरहँदा बिरामी पनि गाउँमै उपचार पाएकोमा दंग छन् ।
डाक्टर केसीले शनिबार बेलुकासम्म ३ सय ५० जनाको निशुल्क उपचार गरेको अस्पतालले जनाएको छ । बाग्लुङका बिकट गाउँबाट सर्वसाधारणको उपचार गरेर डाक्टर केसी रुकुमपूर्व पुगेका हुन् । निशुल्क उपचार शिविरको उनले हाडजोर्नी सम्बन्धि समस्यामा परेका २ सय महिला र १ सय ५० पुरुष गरी ३ सय ५० जना बिरामीको उपचार गरेको बताइएको छ ।
बुधबारसम्म रुकुम पूर्वमै बसेर बिरामीको उपचार गर्ने डाक्टर केसीको भनाई छ । डाक्टर केसीले रुकुम पूर्वमै पुगेर बिरामीको उपचार गर्दा बिरामीहरुको चाप पनि बढेको छ । डाक्टर केसी हाड जोर्नी विशेषज्ञ हुन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #डाक्टर गोबिन्द केसी
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्