Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

निर्विरोध निर्वाचित नेता जसले ओलीको आर्शिबाद पाए,सर्वसम्मतको नाममा मौका


काठमाडौं । नेकपा एमालेको चितवनको सौरहामा जारी १० औं राष्ट्रिय महाधिवेशनमा पदाधिकारीमध्ये पाँच पदमा पाँच जना भाग्यशाली अनुहार निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । पोखरेल चार फ्रेब्रुअरी १९५४ मा ओखलढुंगाको माम्खामा जन्मेका हुन् । उनी १९९८ मा नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका थिए । उनी पटक–पटक मन्त्री र उपप्रधानमन्त्री भइसकेका छन् । पोखरेल झलनाथ खनाल अध्यक्ष भएपछि नेकपा एमालेको महासचिव भएका थिए । उनी अहिले काठमाडौंबाट प्रतिनिधिसभाका सदस्यसमेत हुन् ।

शंकर पोखरेल चिवनको सौरहामा भएको १० औं राष्ट्रिय महाधिवेशनमा महासचिव पदमा निर्विरोध निर्वाचित भएका छन् । उनी फ्रेब्रुअरी २७ १९६३ सालमा दाङको तुल्सीपु्रमा जन्मेका हुन् । विद्यार्थी आन्दोलनका कारण २०३५ सालदेखि पोखरेल राजनीतिमा संलग्न भएका हुन् । उनी २०४७ सालमा अनेरास्ववियुका अध्यक्षसमेत भएका थिए । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत भइसकेका पोखरेल यसअघि सञ्चारमन्त्री पनि भएका थिए । अर्थशास्त्रमा स्नातकोत्तर गरेका पोखरेल पाटीभित्र बौद्धिक नेताकारुपमा चिनिन्छन् ।

चितवनको सौरहामा भएको दसौं राष्ट्रिय महाधिवेशनमा उपमहासचिवमा निर्विरोध निर्वाचित हुने अर्का भाग्यशाली व्यक्ति हुन् पृथ्वीसुब्बा गुरुङ । लमजुङमा २०१४ साल फागुन एक गते जन्मेका गुरुङ एमालेको सचिव पदमा रहेर यसअघि काम गरिसकेका व्यक्ति हुन् । विज्ञान विषयमा स्नातक गरेका पृथ्वीसुब्बा गुरुङ २०३४ सालमा राजनीतिमा प्रवेश गरेका हुन् । गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत भइसकेका व्यक्तित्व हुन् ।

महाधिवेशनमा उपमहासचिव पदमा निर्विरोध निर्वाचित हुने अर्का भाग्यशाली व्यक्ति हुन् प्रदिप ज्ञवाली । नेकपा एमालेबबाट गुल्मीको क्षेत्र नम्बर दुईबाट निर्वाचित ज्ञवाली यसअघि केपी शर्मा ओलीको तीन वर्षे कार्यकालमा परराष्ट्रमन्त्रीको जिम्मेवारी समालेका थिए । १९ ६२ मा गुल्मीमा जन्मेका ज्ञवाली नेकपा एमालेभित्र मिजासिलो र सरल जीवनशैलीका नेता मानिन्छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चाकडी गरेर पद पाउने अर्का भाग्यशाली व्यक्ति विष्णु रिमाल पनि उपमहासचिवमा यसपटक निर्विरोध निर्वाचित भएका छन् । मजदुर आन्दोलनको नेतृत्व गरेर नेपा एमालेमा स्थापित भएका रिमाल, नेपाल ट्रेड युनियन महासंघ जिफन्टको अध्यक्ष पनि हुन् । पेशाले इन्जिनियर रिमाल यसअघि नेकपा एमालेको पोलिटव्यूरो सदस्य तथा पार्टीको आर्थिक विभाग प्रमुख समेत भएर काम गरेको अनुभव छ ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #१० औं राष्ट्रिय महाधिवेशन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं