ललितपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा ४ जनाको मृत्यु
काठमाडौं । ललितपुरको मंगलबजारस्थित एक ४ तले घरमा ग्यास सिलिण्डर विष्फोट हुँदा ४ जनाको मृत्यु भएको छ। आगलागीबाट दुई जना घाइते भएका छन ।
स्थानीय ६५ वर्षिय लक्ष्मीकृष्ण ताम्रकारको ४ तले कच्ची घरमा आगलागी हुँदा लक्ष्मीकृष्णसहित, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता, एसपी प्रज्वल महर्जनले जानकारी दिए।
मृत्यु हुनेमा निरज ताम्राकारको बुबा, दिदी, श्रीमती र छोरा हुन्। प्रहरीले विष्फोट आवाज आएकाले ग्यासको सिलिण्डर विष्फोट भएको हुन सक्ने जनाएको छ। आज बेलुकी ६ बजेर ४५ बजे घरमा घरमा विष्फोटको आवाज आएलगत्तै आगलागी भएको र आजलागी नियन्त्रणमा आइसकेको महर्जनले बताए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #सिलिण्डर विष्फोट
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्