ललितपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा ४ जनाको मृत्यु
काठमाडौं । ललितपुरको मंगलबजारस्थित एक ४ तले घरमा ग्यास सिलिण्डर विष्फोट हुँदा ४ जनाको मृत्यु भएको छ। आगलागीबाट दुई जना घाइते भएका छन ।
स्थानीय ६५ वर्षिय लक्ष्मीकृष्ण ताम्रकारको ४ तले कच्ची घरमा आगलागी हुँदा लक्ष्मीकृष्णसहित, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको महानगरीय प्रहरी परीसर ललितपुरका प्रवक्ता, एसपी प्रज्वल महर्जनले जानकारी दिए।
मृत्यु हुनेमा निरज ताम्राकारको बुबा, दिदी, श्रीमती र छोरा हुन्। प्रहरीले विष्फोट आवाज आएकाले ग्यासको सिलिण्डर विष्फोट भएको हुन सक्ने जनाएको छ। आज बेलुकी ६ बजेर ४५ बजे घरमा घरमा विष्फोटको आवाज आएलगत्तै आगलागी भएको र आजलागी नियन्त्रणमा आइसकेको महर्जनले बताए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #सिलिण्डर विष्फोट
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्