कर्णाली प्रदेशको मुख्यमन्त्रीमा शाहीले लिए सपथ, मन्त्रीमण्डल बिस्तार भने हुन सकेन
काठमाडौं । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहीलाई मंगलबार प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ गराएका हुन् । कांग्रेस नेता शाहीलाई प्रदेश प्रमुख कलौनीले संविधानको धारा १६८ (२) अनुसार मंगलबार बेलुका नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।
शपथ ग्रहण समारोहमा प्रदेशका सभामुख राजबहादुर शाही, निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सांसदहरुको सहभागिता रहेको थियो । मुख्यमन्त्री शाहीले मंगलबार नै सानो आकारको मन्त्रिपरिषद्समेत बनाउने प्रयास गरेपनि सफल हुन सकेनन् । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबण्डाका विषयमा सहमति नजुटे पछि शाही एक्लैले शपथ ग्रहण गरेका हुन् ।
मुख्यमन्त्री शाहीले माओवादी केन्दका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका थिए । माओवादी केन्द्रका नेता शाहीले दलभित्र छलफल भइनसकेकाले मन्त्रीको नाम पठाउन नसक्ने जवाफ दिएको बताइएको छ । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले कति वटा मन्त्रालय लिने भन्नेबारेमा टुंगो लागेको छैन ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाही
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्