Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

फुट्ने भो बैकल्पिक शक्ति दाबी गर्ने विकेशील साझा, रविन्द्र मिश्रलाई मिलन पाण्डेको काउण्टर


काठमाडौं । विवेकशील साझा पार्टीमा फेरि वैचारिक मतभेत र विचलन देखिएको छ । एक पटक फूटिसकेको यो पार्टीमा फेरि अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे पक्षले केन्द्रीय समितिको अलग अलग बैठक बोलाएपछि यो पार्टी पुन दोस्रो पटक फूटको संघारमा पुगेको हो । मुलुकमा वैकल्पिक शक्तिका रुपमा उदाएको विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्र पक्ष र पार्टी संयोजक मिलन पाण्डे पक्षबीचमा वैचारिक मतभेद उत्पन्न भएकाले पुन दोस्रो पटक यो पार्टी फूट्को संघारमा पुगेको हो ।

पूराना राजनीतिक शक्तिलाई विस्थापित गरी कल्याणकार्री लोकतन्त्र स्थापना गर्दै गुणस्तरीय शिक्षा र सवास्थ्य सवैका लागि निशुल्क उपलब्ध गराउने, विकृति विसंगति र भ्रष्टाचारविरुद्ध सामाजिक सुरक्षा र समानताको मुद्दा अघिसारेर गठन भएको यो पार्टी यसअघि एक पटक फूटेर पनि जुटेको हो । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले कात्तिक ११ गते बिहीबार बोलाएको बैठकमा विचारभन्दा माथि देश हुन्छ भन्दै मार्ग परिवर्तनको संकेत गरेको छ ।

मिश्रको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहलाई सुदृढ र पुर्नसंरचना गर्नुका साथै संघीयताको खारेजी र धर्मनिरपेक्षतामाथि जमतसंग्रह गर्नुपर्ने अवधारण अघि सारेको हो । मिश्रले बोलाएको बैठकमा एक सय २९ जना केन्द्रीय सदस्यमध्ये ९१ जना अर्थात दुईतिहाइले अध्यक्षले अघिसारेको प्रस्ताव पास गरेको दाबी गरिएको छ । उत्त बैठकले अध्यक्षलाई थप शक्तिशाली बनाउन कार्यकारी भूमिका प्रदान गर्नुका साथै पार्टीको विधान पनि संशोधन गरेको छ ।

अध्यक्ष मिश्रले पश्चगामी शक्तिसँग तालमेल गरेको भन्दै मिश्र पक्षले गरेको निर्णयकाविरुद्ध पार्टी संयोजक मिलन पाण्डेले शुक्रबार अलग्गै केन्द्रीय समितिको बैठक बोलाए । पाण्डेले मिश्रको वैचारिक कदमकाविरुद्ध कदम चाल्ने दाबी गरेका छन् । पाण्डेले आफ्नो पक्षमा केही सचिवालय सदस्यसहित ५० जना केन्द्रीय सदस्य रहेको दाबी गरेका छन् । संयोजक पाण्डेले अध्यक्ष रविन्द्र मिश्र पक्षमा देखिएको विचलनकाविरुद्ध संविधानको पालना, संघीय गणतन्त्रको रक्षा र धर्मनिरपेक्षता र समावेशीताको पक्षमा वैचारिकरुपमा दृढ भइ जनताका बीचमा जाने दाबी गरेका छन् ।

मिश्र पक्षले केन्द्रीय समितिमा दाबी गरेको दुई तिहाइ सदस्यकाविरुद्ध निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भनेका छन् । जनजीविकाका मुद्दा अघिसारेर वैकल्पिक शक्तिकारुपमा आफूलाई स्थापित गर्नुपर्ने राजनीतिक दलका नेतामा देखिदैआएको वैचारिक संघर्ष र विचलनले जनताको समस्या सधै ओझेलमा पर्ने गरेको छ एकातिर भनेअर्कातिर यस्ता परिदृश्यले जनतामा राजनीतिक दलप्रतिको विश्वास पनि घट्दैजाने निश्चित छ ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #मिलन पाण्डे, #रवीन्द्र मिश्र, #विवेकशील साझा पार्टी

तपाईको कमेन्ट लेख्नुहोस्