प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक,संसदको अवरोध हटाउने प्रयास
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । संघीय संसदमा जारी अवरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री देउवाले बिहीबार १० बजे संसदमा भएका सबै दलको बैठक बोलाएका हुन् । संसदमा भएका दलहरुमध्ये कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्तारुढ गठबन्धनमै छन् ।
यस्तै, एमाले, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रतिपक्षमा छन् । बिहीबारको सर्वदलीय बैठकमा संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल हुने बताइएको छ । २३ भदौमा शुरु भएको संसदको चालु अधिवेशनमा प्रमुख विपक्षी नेकपा एमालेले नाराबाजी गर्दै आएको छ ।
आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा सहयोगी भूमिका खेलेको एमालेको आरोप छ । एमालेकै अवरोधका बीच सरकारले बजेट पास गरेको थियो । सभामुखले बोलाएको सर्वदलीय बैठक प्रमुख विपक्षी एमालेले बहिष्कार गरेको थियो । प्रधानमन्त्री देउवाले बोलाएको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली जाने नजाने टुंगो छैन ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा, #सर्वदलीय बैठक
ताजा खबर
- १एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने
- २रवीन्द्र मिश्र आफ्नै निर्वाचन क्षेत्रमा उपेक्षित
- ३चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- ४दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ५एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्



तपाईको कमेन्ट लेख्नुहोस्