नेपालमा कोरोना विरुद्धको पूर्ण खोप खोप ६० लाख बढीले लगाए
काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ६० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा दुई लाख १६ हजार सात सय २५ मात्रा खोप लगाएसँगै नेपालमा कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ६० लाख १४ हजार नौ सय ४१ जना पुगेको हो ।
यस्तै नेपालमा ६५ लाख २८ हजार तीन सय ९२ जनाले पहिलो मात्रा खोप लगाएको पाइएको छ । यता, नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार भन्दा तल झरेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार तीन सय ७१ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार सात सयमा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #नेपालमा कोरोना भाइरस विरुद्ध
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्