रेडियो क्यान्डिड नियमित प्रशारणमा, ९२.७ मेगाहर्जमा सुन्न सकिने

काठमाडौं । रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रशारणमा आएको छ । पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिड काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा चौबीसै घण्टा प्रसारण हुनेछ । स्थानीय रेडियोहरूसँगको सहकार्यमा र आफ्नो प्राविधिक पक्षमा विस्तार गर्दै निकट भविष्यमा देशभर प्रसारण गर्ने लक्ष्य रेडियो क्यान्डिडको रहेको छ । रेडियो क्यान्डिडको प्रसारण सेवा यसको आधिकारिक फेसबुक पेज, ट्वीटर, सबैभन्दा बढी डाउलोड हुने एप ‘हाम्रो पात्रो’, खबरहब एप र रेडियो क्यान्डिडको आधिकारिक वेबसाइट डब्ल्युडब्ल्युडब्ल्यु.रेडियोक्यान्डिड.कम मा पनि सुन्न सकिने बताइएको छ ।
रेडियोले आफ्ना मौलिक कार्यक्रम र दृष्टिकोण प्रस्तुत गर्नेछ । रेडियो क्यान्डिड ९२.७ मेगाहर्जले यतिबेला समाचार बुलेटिनहरू प्रसारण गर्दै आएको छ र चाँडै अन्य कार्यक्रमहरू नियमित गर्ने बताइएको छ । रेडियोले सूचनामूलक कार्यक्रम, अन्तर्वार्ता, समाजिक–आर्थिक ममला, समसामयिक विषय, खेल, प्रविधि र मनोरञ्जन लगायत अन्य विषयहरू समेट्नेछ । सरोकारवालाहरूसँग संवाद पनि रेडियोमा सुन्न सकिने छ । रेडियोले बिहान ६ बजे, १० बजे, अपराह्न १ बजे, ४ बजे, साँझ ७ बजे र राति ९ बजे आधा घण्टाको मुख्य समाचार बुलेटिन प्रसारण गर्नेछ ।
साथै प्रत्येक घण्टा संक्षिप्त ‘क्यान्डिड समाचार’ प्रसारण गर्नेछ । क्यान्डिड बहसमा क्यान्डिड टक, ह्याव अ नाइस डे, भ्वाइस अफ युथ, इकोनमिक टक, क्यान्डिड फटाफट समावेश हुनेछन् । साथै विदेशी व्यक्तित्व र विशेषज्ञ पनि साताको एक दिन प्रस्तुत गरिनेछन् । ‘भ्वाइस अफ युथ एफएम’ नामले सन् २०१५ देखि प्रसारण भइरहेको रेडियो नयाँ व्यवस्थापनमार्फत ‘रेडियो क्यान्डिड’ नामले प्रसारण शुरू भएको हो । लीला भ्वइस प्रालिको स्वामित्वमा रहेको ‘भ्वइस अफ युथ एफएम’ सन् २०१५ मार्च १७ मा स्थापित भई कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता थियो ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #रेडियो क्यान्डिड
तपाईको कमेन्ट लेख्नुहोस्