१ करोड ६२ लाख ४३ हजार ११० जनाको मतदाता नामावली अद्यावधिक
काठमाडौं । निर्वाचन आयोगले हालसम्म १ करोड ६२ लाख ४३ हजार १ सय १० जनाको मतदाता नामावली अद्यावधिक भएको जनाएको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले सम्पादन गरेका काम र आगामी कार्ययोजनासम्बन्धी बिबरण प्रस्तुत गर्दै ८२ लाख ११ हजार ९५४ पुरुष, ८० लाख ३० हजार ९८४ महिला र १७२ अन्यको मतदाता नामावली अद्यावधिक भएको जानकारी दिएका हुन् ।
हालसम्म १० हजार ७ सय ५६ मतदान स्थलको संख्या निर्धारण भएको र करिव २१ हजार मतदान केन्द्रको संख्या निर्धारण भएको छ । निर्वाचन आयोग बिधेयक र निर्वाचन संचालन तथा व्यवस्थापन बिधेयकको प्रारम्भिक मस्यौदा तयारी भएको छ । हालसम्म १३६ वटा दल दर्ता भएको, एउटा दलको विवाद निरुपण गरेको र जसपाको आधिकारिता विवाद निरुपण गरेको थपलियाले जानकारी दिए । त्यस्तै थपलियाले आयोगले विदेशमा रहेका नेपालीको मताधिकारको प्रबन्ध मिलाउने तयारी गरिरहेको जानकारी दिए ।
कम्तीमा ३३ प्रतिशत महिला सबै तहका समितिमा समावेश गर्नुपर्ने कानूनी व्यवस्था भए पनि पहिले दर्ता भएका राजनीतिक दलहरुले व्यवस्था नगरेका कारण त्यसलाई अनिवार्य बनाउने कार्ययोजना रहेको छ । बैठकमा सांसदहरुले निर्वाचनसम्बन्धी कानून संशोधन गरी समावेशी बनाउन सुझाव दिएका थिए । कानून संशोधन गरी ३० प्रतिशतको सट्टा ५० प्रतिशत महिला उम्मेदवार हुने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #निर्वाचन आयोग, #मतदाता नामावली अद्यावधिक
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग



तपाईको कमेन्ट लेख्नुहोस्