आर्थिक क्षेत्र पुनरुद्धारका लागि जम्मु काश्मीर सरकारद्धारा अनुदान रकम स्वीकृत

एजेन्सी । भारतको जम्मु काश्मीर सरकारले आर्थिक क्षेत्र पुनरुद्धारका लागि दुई सय पचास करोड रुपैया अनुदान स्वीकृत गरेको छ ।कोरोना माहामारीपछि उधोग तथा आर्थिक क्षेत्र पुनरुद्धारका लागि जम्मु काश्मीर सरकारले दुई सय पचास करोड रुपैँया अनुदान स्वीकृत गरेको हो । जम्मु काश्मीर लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले उक्त अनुदान बजेट स्वीकृत गरी जम्मु काश्मीर बैंकलाई चेक हस्तान्तरण गरेका छन् ।
जम्मु काश्मीर सरकारले आर्थिक क्षेत्र पुनरुद्धारका लागि प्रदान गर्ने एक हजार तीन सय ५३ करोड रुपैँया अनुदान अन्तर्गत पछिल्लो समय दुई सय पचास करोड प्रदान गरेको हो । अनुदान हस्तान्तरण गर्दा जम्मु काश्मीर बैंकका अध्यक्ष तथा व्यावस्थापन निर्देशक आरके छिबर र विक्तिय विभागका आयुक्त अरुन कुमार मेहता उपस्थित थिए ।
जम्मु काश्मीर सरकारले यसअघि पनि पाँच सय करोड अनुदान वितरण गरिसकेको छ । कोरोना माहामारीपछि आर्थिक क्षेत्र पुनरुद्धारका लागि जम्मु काश्मीर सरकारले गत बर्ष सेप्टेम्बर मा अनुदान रकम प्रदान गर्ने घोषणा गरेको थियो । स्रोतः ईण्डीया ब्लुम्स
क्याटेगोरी : विदेश
ट्याग : #जम्मु काश्मीर सरकार
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्