केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बने यता पेट्रोलियम पदार्थको मूल्य ४० भन्दा धेरै पटक बृद्धि
२०७८ साल मै ५ पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि

काठमाडौं । मंगलबार मध्यरातिदेखि लागू हुनेगरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको छ । दुई साताअघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको सरकारले २०७८ साल मै ५ पटक पेट्रोलियम पदार्थको मूल्य बढाइ सकेको छ । यसरी पेट्रोलियम पदार्थको मुल्य निरन्तर बढाएर उपभोक्ताको ढाड सेक्ने काम गरेको छ । २०७४ सालमा केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बने यता पेट्रोलियम पदार्थको मूल्य ४० भन्दा धेरै पटक बढि सकेको छ । पेट्रोलियम पदार्थको मुल्य बृद्धिसँगै बजार भाउ पनि आकासिने गर्छ । पछिल्लो पटक मूल्य बढाएको दुई साता पनि नबित्दै नेपाल आयल निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो । नयाँ दर अनुसार अब ग्राहकले पेट्रोलकिन्न प्रतिलिटर १२९ रुपैयाँ तिर्नु पर्नेछ ।
पछिल्लो दरमा अहिले प्रतिलिटर २ रुपैयाँ बढाइएको हो । डिजेल/मट्टितेलको मूल्य पनि प्रतिलिटर २ रुपैयाँ बढाएर ११२ रुपैयाँ पु¥याइएको छ । हवाई इन्धनमा आन्तरिक तर्फ प्रतिलिटर २ रुपैयाँ बढाएर ८४ रुपैयाँ अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७ सय ४५ अमेरिकी डलर पु¥याइएको छ । यसरी बारम्बार इन्धनको मुल्य बढाउँदा नागरिकको समस्या झन् बढ्ने छ । दैनिक उपभोग्य वस्तुको मूल्य बढाउँदा उपभोक्तालाई पर्ने मार प्रति सरकारको आँखा परेको छैन भन्न सकिँदैन । तर, सरकारले नागरिक प्रति दायित्व पुरा नगर्दा जनता निरिह बन्दै छन् । गुनासो सुनाउने ढोकाहरु बन्द हुँदा मारमाथि मार सहन बाध्य भइरहेका छन् ।
निषेधाज्ञाको अवधिमा अचाक्ली बढेको बजार भाउका कारण २ छाक जोर्ने उपाय गुमाएका वर्गहरु त्यसै पनि निकै मारमा परेका छन् । त्यसमाथि सरकारको यो निर्णयले उनीहरुलाई संकटमा पारेको छ । यस्तै कोरोना महामारीका कारण बेरोजगार बनेका लाखौँ नागरिकलाई पनि मुल्य बृद्धिले निकै समस्यामा पार्ने गरेको छ । पेट्रोलको भाउ बढ्ने तर सवारी भाडा नबढाउने हुँदा मारमा परेको गुनासो यातायात व्यवसायीको छ । नेपाल आयल निगम भने व्यापार घाटा र अन्तराष्ट्रिय बजार मूल्यको बहाना गरेर दायित्वबाट पन्छिने गरेको छ । मूल्य समायोजन पछि पनि निगम घाटामा नै रहेको प्रवक्ता विनितमणि उपाध्यायको दाबी छ ।
निगमकै अनुसार रक्सौलमा ६७ दशमलव ७७ रुपैयाँमा किनिएको पेट्रोलमा ५६ दशमलव ६१ रुपैयाँ अतिरिक्त कर थोपरिएको छ । सरकारले लगाएको अचाक्ली अतिरिक्त करका साथै अन्तर्राष्ट्रिय बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेको तथ्यलाई इन्कार गर्न सकिँदैन । तर, राज्यले नागरिक प्रतिको उत्तरदायित्वलाई नजर अन्दाज गर्दा सर्वसाधारणलाई दिनदिनै महंगीको मारले पिरोल्दै छ । हुनत निगमले स्वचालित मूल्य प्रणाली लागू गरेपछि दजनौँ पटक पेट्रोलियम पदार्थको मूल्य बढायो तर, घटाउन भने सधै टाउको दुखाउने गरेको छ । यसले विद्यार्थी संगठनलाई पनि आन्दोलित बनाएको छ । २०७६ साल चैत १९ गते प्रतिलिटर ९६ रुपैयाँमा पाउने पेट्रोलको मुल्यमा अहिलेसम्म ३३ रुपैयाँ बढी सकेको छ । त्यस्तै २०७७ साल मंसिर २७ गते पेट्रोलको मुल्य प्रतिलिटर १०८ रुपैया थियो । त्यसपछि १० देखि १५ दिनको अन्तरमा मूल्य बढाउँदै अहिले प्रतिलिटर १२९ रुपैयाँ पुर्याइएको छ । तयार रहनुस् अब केहीदिन भित्रै फेरि पेट्रोलियम पदार्थको मुल्य बढ्नेछ !
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #पेट्रोलियम पदार्थको मूल्य, #हवाई इन्धनको मूल्य
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्