अफ्रिकी मुलुक हैटीका राष्ट्रपति जोनेल मोइसेको आफ्नै घरमा हत्या
एजेन्सी । अफ्रिकी मुलुक हैटीका राष्ट्रपति जोनेल मोइसेको आफ्नै घरमा हत्या भएको छ । त्यहाँका प्रधानमन्त्री क्लाउड जोसेफले राष्ट्रपति मोइसेको हत्या भएको पुष्टी गरेका हुन् । जासेफले अज्ञात व्यक्तिहरूको समूहले बुधबार मोइसेको निजी निवासमा राति आक्रमण गरेर हत्या गरेको जानकारी दिएका छन् । मोइसेलाई गोली हानी हत्या गरिएको हो । उक्त हमलामा पहिलो महिला पनि घाइते भएकी छिन् । घाइते राष्ट्रपति पत्नीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको छ ।
हैटीका अधिकारीहरुका अनुसार स्थानीय समयानुसार बुधबार बिहान १ बजे उक्त आक्रमण भएको थियो । स्पेनी भाषा बोल्ने केही बन्दुकधारीको जत्थाले उक्त आक्रमण गरेको जनाइएको छ । यो हमला गरीवी क्यारिबियन राष्ट्रमा राजनीतिक रूपले जोडिएको हिंसाको बढ्दो लहरको बीचमा भएको हो । हैटी राजनीतिक रूपमा विभाजित छ, । त्यहाँ मानवीय संकट र खाद्यान्नको अभाव भइरहेका बेला राष्ट्रपतिको हत्या भएको हो ।
मोइसेले सन् २०१८ मा हुनुपर्ने व्यवस्थापिकाको चुनाव ढिलाइ भएपछि र आफ्नै कार्यकाल समाप्त भएपछि पनि शासन गरिरहेका थिए । प्रधानमन्त्री जोसेफले घटनाको निन्दा गर्दै संयमता अपनाउन हैटीका नागरिकलाई आग्रह गरेका छन् । मोइजे हैटीका ४२ औं राष्ट्रपति थिए ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #राष्ट्रपति जोनेल मोइसे
ताजा खबर
- १समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- २कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल
- ३राष्ट्रिय एकता र गणतन्त्रात्मक व्यवस्थाको रक्षा पार्टीको मुख्य कार्यभारः उपसंयोजक नेपाल
- ४नवगठित नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा दाहाल र सहसंयोजकमा नेपाल चयन
- ५प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला



तपाईको कमेन्ट लेख्नुहोस्