युरोकप फुटवलको क्वाटरफाइनल समीकरण पूरा
एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । राउण्ड अफ १६ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भयो ।
यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन् । तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम राउण्ड अफ १६ बाटै बाहिरिएका छन् । अन्तिम आठको खेलहरु शुक्रबारबाट सुरु हुनेछ ।
क्वाटरफाइनल समीकरण
शुक्रबार राति ९ : ४५ बजे–स्विट्जरल्यान्डविरुद्ध स्पेन
शुक्रबार राति १२ : ४५ बजे–बेल्जियमविरुद्ध इटाली
शनिबार राति ९ : ४५ बजे–चेक रिपब्लिकविरुद्ध डेनमार्क
शनिबार राति १२ : ४५ बजेयुक्रेनविरुद्ध इंग्ल्यान्ड
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #युरोकप फुटबल
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्