Techie IT
  • १८ वैशाख २०८२, बिहीबार
KhojPatrika

बाढी र पहिरोको त्रास,सचेत रहौं सुरक्षित बसौं


कोरोना महामारीको विपद्ध नटर्दै फेरी हामी अर्को प्राकृत्तिक विपद्ध सहन बाध्य भएका छौँ । बारम्बार बाढी, पहिरो र डुबानको पीडा सहनुपर्ने सिन्धुपाल्चोक मात्रै होइन, देशैभर आज के होला, भोली के होला ? भन्दै त्रासमा बाच्नुपर्ने अवस्था आएको छ । मनसुनी वर्षा सक्रिय भएसँगै नदी, खोलामा बहाब बढेर आसपासको बस्ती डुबानमा परेको छ । विगत लामो समयदेखी जोखिम आँकलन गरिएका हिमाली र पहाडी क्षेत्रका बस्ती अहिलेसम्म सार्न नसक्दा पहिरोले यो बर्ष कति मानविय र भौतिक क्षती हुने हो भन्ने चिन्ता हरेक नेपाली जनमा बढाएको छ ।

१२ बर्षदेखी उस्तै बिपद्धको सामना गरिरहेको सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रको अवस्था हेर्दा लाग्छ, सरकार नागरिकको जीउ धनको रक्षामा कत्तिपनि गम्भिर छैन । गत वर्षमात्रै विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको सिन्धुपाल्चोकलाई सरकारले त सुरक्षित बनाउन चाहेन नै, जोखिमयुक्त क्षेत्रमा बस्ने तपाई हाम्रो साबधानीमा पनि कमी देखियो । वर्षाद भर्खर मात्रै सुरु भएको छ । मनसुन सक्रिय भएको केही दिनबाटै हामीले ठूलो मानविय र भौतिक क्षती ब्यहोर्नुपरेको छ । तपाई हामीले नचाहादा नचाहादै यो क्रमले थप निरन्तरता पाउने निश्चित छ ।

बाढी पहिरोपछि उद्धार र राहतमा दोडिने नेता तथा उच्च पदस्थहरुले पनि जोखिम निराकरका लागि बेलैमा सोचिदिने कि ? सरकारले के गर्नुपर्थ्यो, के गरिरहेको छ । के गर्दैछ यो सोच्दा अब ढिला भैसक्नेछ । त्यसैले तपाई हामी आफै जोगिनुपर्छ, अटेरीबाट सच्चिनुपर्छ । प्राकृतिक विपद्धको जोखिम तपाई हामीले पुरै छेक्न नसकेपछि सचेतना र सुरक्षित स्थानको बासले धेरै हदसम्म कम गर्न सकिन्छ । मौसमविद्हरुले अझै केही दिन देशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमानसहितको जानकारी गराएका छन् । हाम्रो भौगोलिक अवस्थितिका हिसाबले यो मौसम नै जोखिमको मौसम हो ।

यसर्थ, पहिरोको जोखिम क्षेत्रमा तपाई हामी कोही बसिरहेका छौँ भने अस्थायी रुपमै भएपनि सुरक्षित स्थानमा सरौँ । खोला तथा नदी तटिय क्षेत्रमा समेत बहाब बढ्ने क्रम सुरु भएकाले जुन कुनै खोला र नदी क्षेत्रमा तपाईहरु रहेपनि प्लिज अबको केही महिना सुरक्षित स्थानमा सरिदिनुहोस् । मनसुन सक्रिय भैसकेकाले अब भौतिक क्षतीलाई रोक्न केही गाह्रो भएपनि यो बर्षलाई जीवन बचाऔँ, बाचिएछ भने अर्को बर्षदेखी राज्यको मुख ताकेर बस्नेमात्रै नभई आफ्नो बासलाई सुरक्षित बनाउने गराउनेतिर हरेक नागरिकले काम गरौँ । यति मात्रैले पनि तपाई हामीले यति भौतिक क्षती उति मानविय क्षती भनेर खिन्न हुँदै पीडासहितको समाचार सुन्न र सुनाउनु पर्दैन ।


क्याटेगोरी : विचार/लेख, सम्पादकीय
ट्याग : #प्राकृत्तिक विपद्ध

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं