युरो २०२० मा आज तीन खेलः ६ः४५ मा स्वीटजरल्यान्ड र वेल्स भिड्दै
काठमाडौं । शुक्रबार रातिदेखि सुरु भएको युरो २०२० मा शनिबार समूह ‘ए’ र समूह ‘बी’ गरी तीन खेल हुने भएका छन् । नेपाली समय अनुसार बेलुका ६ बजेर ४५ बजे समूह ‘ए’अन्तर्गत हुने खेलमा स्वीटजरल्यान्ड र वेल्स भिड्नेछन् । अजरबैजानको बाकु ओलम्पिक रंगशालामा हुने यो खेलमा दुवै टोली जित निकाल्न चाहन्छन् ।
शुक्रबार राति भएको उद्घाटन खेलमा इटालीले घरेलु मैदानमा टर्कीलाई ३० ले पराजित गर्दै शीर्ष स्थान ओगटिसकेको छ । यस्तै, नेपाली समयअनुसार राति ९ बजरे ४५ बजे हुने समूह बीको पहिलो खेलमा डेनमार्कले फिनल्यान्डको सामना गर्दैछ । यो खेल पार्केन रंगशाला कोपनहेगन( डेनमार्कमा हुनेछ ।
यस्तै राति १२ बजरे ४५ बजे हुने समूह बी कै दोस्रो खेलमा बेल्जिमयले रुसको सामना गर्नेछ । प्रतियोगिताको उपाधि दाबेदारको रूपमा हेरिएको बेल्जियमले रुसकै क्रेस्टोभ्स्की रंगशालामा घरेलु टोलीको सामना गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #युरो २०२०
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्