एकैदिन कोरोनाबाट २ सय २५ जनाले ज्यान गुमाए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणको कारण थप २ सय २५ जनाको मृत्यु भएको छ । सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको शवसमेत अद्यावधिक गर्दै स्वास्थ्य मन्त्रालयले सो मृत्यु संख्या उल्लेख गरेको हो । पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ८३ भाइरस संक्रमित थपिएका छन् । २१ हजार ३ सय १६ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा उनीहरूमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना निको भएका छन् । देशभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ९७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ८ जना जना पुगेको हो ।
देशभर कोरोना निको हुनेको कुल संख्या ३ लाख १२ हजार १९ पुगेको छ । यस्तै संक्रमित हुनेको कुल संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ । नेपालमा संक्रमण निको हुने दर ७५.५ प्रतिशत रहेको छ । पीसीआर विधिबाट २० हजार ५९६ जना र एन्टिजेन विधिबाट ७ सय २० जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा संक्रमण पुष्टि भएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, शिक्षा स्वास्थ्य
ट्याग : #कोरोनाभाइरस संक्रमण
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्