संसदमा नेकपाका दुबै पक्षको आ–आफना रणनिति,सत्तारुढ दलको सिटमै बस्छन् त प्रचण्ड माधव समूह
काठमाडौं । फागुन २३ गते संसद बैठक बस्ने निश्चित भएसंगै सत्तारुढ नेकपाका दुवै समुह रणनीती बनाउन जुटेका छन । आन्तरिक रुपमा दुवै समुह कमजोर हुने हो कि भन्ने त्रासमा छन् । तर, दुवै समुह आफूतिर संसदीय दलमा बहुमत भएको दावी गरिरहेका छन् । भिन्नाभिन्नै तरीकाले आफ्ना कामकारवाही अगाडी बढाईरहेका नेकपाका दाहाल–नेपाल समुह र ओली समुह राष्ट्रिय राजनीतीमा पनि दुई विपरीत धुव्रमा देखिन्छन ।
औपचारीक रुपमा विभाजीत नभएका भएपनि नेकपाका यी दुई समुहहरुका बिचमा एउटा पार्टी जस्तो केही पनि छैन । दुवै समुहले एक अर्का पक्षका शिर्ष नेता देखि केन्द्रीय सदस्य र प्रदेश कमिटी सदस्यहरुलाई निरन्तर कारवाही गरीरहेका छन । प्रधानमन्त्रीले संसद बैठक सुरु हुदा सम्म पनि राजीनामा नदिए अविश्वासको प्रश्ताव मार्फत हटाउने दाहाल–नेपाल समुहको तयारी छ । अविश्वासको प्रश्तावको निम्ती आफु संगै प्रयाप्त सांसद नरहेकाले प्रतिपक्षी कांग्रेस र जसपाको समर्थन उनीहरुले खोजीरहेका छन ।
सरकारको नेतृत्व गरीरहेका केपी शर्मा ओलीले बारम्बार आफुले राजीनामा नदिने बताउदै आईरहनु भएको छ । दाहाल–नेपाल समुहले भने संसदीय दलको नेताबाट केपी शर्मा ओलीलाई कारवाही गरीसकेको छ । तर पनि आफुहरु संग बहुमत सांसद रहेको ओली समुहको दावी छ । संसदमा अविश्वासको प्रश्ताव सामना गर्ने अवस्था आएमा पनि अधिकांश सांसद प्रधानमन्त्री ओलीको पक्षमा उभिने र उक्त प्रश्ताव असफल भएर जाने उक्त समुहका नेता बताउछन ।
पानी बाराबारको अवस्थामा पुगीसकेका नेकपाका दुई समुह बिच तत्काल एकताको कुनै सम्भावना देखिदैन । तर आउँदो संसद बैठकमा एकअर्कालाई कमजोर देखाउने तयारी भने दुवै समुहले अहिले देखि नै थालीसकेका छन । बहुमत सांसद आफ्नो पक्षमा रहेको दावी दुवै समुहले गरीरहेको भएपनि वास्तविकता थाहा पाँउन भने संसद बैठक कुर्नै पर्ने हुन्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रतिनिधिसभा बैठक, #संसद बैठक
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्