फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,निगम अनेक बाहना बुन्दै
काठमाडौं । नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य फेरी वृद्धि गरेको छ । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु दुईका दरले मूल्यवृद्धि गरिएको छ । गत फागुन ४ गते पनि एक हप्ता नबित्दै मूल्य बढाइएको थियो । पेट्रोलियम पदार्थको मूल्य हप्तै पिच्छे बढे पनि सर्वसाधारण त्यही मूल्यमा किन्न बाध्य छन् । मुल्य बढाउन नेपाल आयल निगमलाई सानो बहाना भए पुग्छ । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको १५ दिन नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढायो । यसरी पटक पटक गरिएको मुल्य वृद्घीले उपभोक्ताहरु निगमप्रति रुष्ट बनेका छन् ।
निगमले भने इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपछि मूल्य बढाउनुपरेको बताएको छ । निगमले अझै पनि घाटा नै रहेको भन्दै उपभोक्तालाई परेको मर्काप्रति वेवास्ता गरेको छ । बाध्यताले गर्दा मुल्य समायोजन गर्न परेको निगमले जवाफ दिदै आएको छ । नयाँ मूल्य बृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर १ सय १६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम भएको छ ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ पुर्याइएको छ । खाना पकाउने ग्यासको मूल्य यथावत छ ।नेपाल आयल निगम अनुसार डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढेको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी वृद्धि गरिएको मूल्यमा इन्धन बिक्री गर्दा पनि निगमले अझै घाटा नै भइरहेको दावी गरेको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #पेट्रोलियम पदार्थको मूल्य
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्