प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएका हुन् । पछिल्लो राजनीति घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको बताइएको हो।
सर्वदलीय बैठकमा कोरोना भाइरस नियन्त्रण, रोकथाम तथा उपचारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ। यस्तै पछिल्लो समय देशका विभिन्न स्थानमा राजावादी समूहले प्रदर्शन गर्दै आएको विषयमा पनि छलफल हुने बताइएको छ।
यसअघि ३१ वैशाखमा भारतले लिपुलेकसहितको नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएर आवश्यक छलफल गरेका थिए । नेकपामा बिवाद चर्किरहेको बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्