राष्ट्रपतिबाट भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा
काठमाडौं । तीन दिन नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गरेका छन्। राष्ट्रपति निवास शितल निवासमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी हुन्। नेपाल–भारतका सेनाध्यक्षले एकअर्का देशको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने प्रचलन छ।
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बुधबार काठमाडौं आएका हुन्। आज बिहान जङ्गी अड्डामा उनी विभिन्न कार्यक्रमहरुमा सरिक भएका थिए । त्यस्तै उनले प्रधानसेनापति थापासँग पनि भेटवार्ता गरेका छन्।
भेटमा जनरल नरवणेले नेपाली सेनालाई सहयोगस्वरुप दुई वटा फिल्ड अस्पताल स्थापनाको लागि एम्बुलेन्स, उपकरणहरु तथा अन्य स्वास्थ्य सामग्रीहरुका साथै भेन्टिलेटरसमेत हस्तान्तरण गरेका थिए। प्रधानसेनापति थापाले उनको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन्। भोलि शुक्रबार नेपाली सेनाको आर्मी कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #भारतीय स्थल सेनाध्यक्ष
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्