Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० पुग्यो


काठमाडौं । नेपालमा शुक्रबार थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ९ माइस्थान बस्ने ४५ वर्षीय पुरुषको साउन २२ गते दिउँसो साढे ३ बजे पाटन अस्पतालमा मृत्यु भएको हो । उनी मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए । उनलाई साउन १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ७९ वर्षीय पुरुषको साउन २० गते घरमै मुत्यु भएको हो । उनको साउन २१ गते नारायणी अस्पतालको प्रयोगशालामा स्वाब संकलन गर्दा साउन २२ गते कोरोना पुष्टि भएको थियो । सिरहा जिल्ला गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय एक पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनी मिर्गौलाका बिरामी थिए । उनी डायलसिस गराउँदै आइरहेका थिए । उनमा साउन २१ गते कोरोना पुष्टि भएको थियो ।

त्यसैगरी सर्लाही जिल्ला बसन्तपुरका ४५ वर्षीय पुरुषको साउन २३ गते उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो गत साउन १९ गते कुकुरले टोकेर अस्पतालमा भर्ना भएका उनलाई रेबिजको शंका गरिएको थियो । उनको स्वाब संकलन गर्दा शुक्रबार कोरोना पुष्टि भएको थियो । यसैगरी पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५७ वर्षीय पुरुषको साउन २२ गते गण्डक अस्थायी कोभिड अस्प्तालमा मृत्यु भएको हो । उनी मधुमेह, उच्च रक्तचाप तथा मुटुका बिरमी थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको साउन २२ गते कोरोना पुष्टि भएको थियो ।


क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कोरोना भाइरस, #संक्रमणका कारण मृत्यु

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं