कोरोनाकै कारण मृत्यु भएकी महिलाको शिशुसहित परिवारका ५ जनामा कोरोना देखिएन
काठमाडौं ५ जेठ । धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट मुत्यु भएकी महिलाको परिवारको रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षिय महिलाको बिहिबार कोरोना संक्रमणबाट ज्यान गएको थियो । कोेरोनाकै कारण महिलाको ज्यान गएपछि परिवारका सदस्यको स्वाव संकलन गरिएको थियो । परिवारका ५ जना सदस्यमै कोरोना नेगेटिभ देखिएको हो । मृतक महिलाका १३ दिने शिशुसहित परिवारका चारैजनाको रिपोर्ट नेगेटिभ आएको बाह्रबिसे गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख होमनाथ लामिछानेले बताए । शिशुसहित चारैजनालाई हाल धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ। गत वैशाख २४ गते ती महिलाले काठमाडौँको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। त्यसपछि घर पुगेकी महिलामा श्वासप्रश्वासमा समस्या देखिएको भन्दै अस्पताल पुर्याउदा उनीको धुलिखेल अस्पतालमा मुत्यु भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्