कोरोनाकै कारण मृत्यु भएकी महिलाको शिशुसहित परिवारका ५ जनामा कोरोना देखिएन

काठमाडौं ५ जेठ । धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट मुत्यु भएकी महिलाको परिवारको रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ बर्षिय महिलाको बिहिबार कोरोना संक्रमणबाट ज्यान गएको थियो । कोेरोनाकै कारण महिलाको ज्यान गएपछि परिवारका सदस्यको स्वाव संकलन गरिएको थियो । परिवारका ५ जना सदस्यमै कोरोना नेगेटिभ देखिएको हो । मृतक महिलाका १३ दिने शिशुसहित परिवारका चारैजनाको रिपोर्ट नेगेटिभ आएको बाह्रबिसे गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख होमनाथ लामिछानेले बताए । शिशुसहित चारैजनालाई हाल धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ। गत वैशाख २४ गते ती महिलाले काठमाडौँको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। त्यसपछि घर पुगेकी महिलामा श्वासप्रश्वासमा समस्या देखिएको भन्दै अस्पताल पुर्याउदा उनीको धुलिखेल अस्पतालमा मुत्यु भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार, स्वास्थ्य
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्