Techie IT
  • २८ वैशाख २०८२, आईतबार
KhojPatrika

लकडाउन केही खुकुलो,सरकारको शर्त पालना गर्नुपर्ने


काठमाडौं २५ बैशाख । सरकारले लकडाउन केही खुकुलो बनाउने भएको छ । सर्तसहित अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाएको हो । जेठ ५ गतेसम्म लकडाउन लम्ब्याएको सरकारले सर्त सहित औषधिजन्य वस्तुको उत्पादन, विक्रि वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्रि वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण गर्न पाउने ब्यवस्था गरेको छ । स्थानीय तहमा गठन भएको समितिबाट अनुमति लिएर कृषि तथा पशुपंक्षी सम्बन्धि, खाद्यवस्तु र अन्य बाली लगाउने भित्र्याउने काम गर्न पाउने गरी ब्यवस्था मिलाइएको छ । यस्तै, फलफुल र दुग्ध जन्य वस्तुको उत्पादन र विक्रि वितरण गर्न पाउने, स्वास्थ्य सेवाका क्षेत्रहरु, भेटेनरी सञ्चालन, र पाठ्यपुस्तक विक्रि वितरण गर्ने पसल तथा ढुवानी गर्ने सवारीहरु जनक शिक्षा सामग्रीबाट अनुमति लिएर गर्न पाउने पनि ब्यवस्था गरिएको हो । राष्ट्रिय गौरबका आयोजनाहरु सञ्चालन गर्ने, जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ । तर, निर्माण कम्पनीले दैनिक रुपमा श्रमिकरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउनुपर्ने छ । यस्तै गिट्टी बालुवा उत्पादन गर्न पाइने निर्णय पनि सरकारले गरेको छ । बैंक तथा वित्तिय संस्थाहरुले बढीमा एक तिहाइ कर्मचारीबाट सेवा प्रदान गर्न सक्ने निर्णय पनि सरकारले गरेको छ । सार्वजनिक सेवाका क्षेत्रहरुमा एक चौथाई सवारीलाई मात्र पास उपलब्ध गराउने, सञ्चालनमा आउने विभिन्न उद्योग प्रतिष्ठानहरुले श्रमिकलाई छुट्टै स्थानमा बस्ने व्यवस्था मिलाएर काम गर्ने, स्थानीयसँग सम्पर्क नहुनेगरी खाजाको व्यवस्था गर्ने र त्यसको खर्च उद्योगहरुले व्यहोर्ने र कार्यस्थललाई नियमित स्यानिटाइजेसन गरी काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ । इन्टरनेट, वर्कप लगायतका क्षेत्रहरुमा बढीमा ५ जना कामदार रहनेगरी सञ्चालन गर्न पाउने पनि सरकारले ब्यवस्था गरेको छ । शैक्षिक संस्थाहरु, गैर खाद्यवस्तु विक्रि गर्ने व्यवसायिक मल, सिनेमा घर, धार्मिक स्थल, होटल बार तथा रेष्टुरेण्ट, सैलुन लगायत अन्य मान्छेहरुको बढी भिड हुने क्षेत्रहरु अर्को सूचना जारी नभएका सम्म्का लागि सञ्चालन गर्न पाइने छैन् ।
कुन कुन उद्योग सञ्चालन हुनेछन् त
१ खाद्यान्न उत्पादन वा प्रशोधनगर्ने उद्योगहरु
२ दुध तथा दुग्धप दार्थ उत्पादन उद्योग
३ औषधि, सर्जिकल उत्पादन, स्वास्थ्य उपकरण तथा सामग्री उत्पादन गर्ने उद्योगहरु
४ खाने पानी उत्पादन गर्ने उद्योगहरु
५ इँटा उद्योग
६ पशुपंक्षी तथा माछाको दाना र आहारा उत्पादन गर्ने उद्योग
७ खाने तेल तथा घ्यू उद्योग
८ चिनी उद्योग
९ चिया प्रशोधन उद्योग
१० एलपीजी ग्याँस उद्योग
११ प्याकेजिङ्ग सामग्री उत्पादन गर्ने उद्योग
१२ कफि उद्योग
१३ पाउरोटी, बिस्कुट र कन्फेक्सनरी उद्योग
१४ नूडल्स तथा तयारी चाउचाउ उद्योग
१५ मसला उद्योग
१६ अलैंची र अदुवा प्रशोधन उद्योग
१७ कुखुरापालन, बाख्रापालन, बंगुरपालन, गाईवस्तु पालन उद्योग
१८ धान चामल र चिउरा उद्योग
१९ दाल उद्योग
२० पशु औषधी र किटनासक औषधी सम्बन्धी उद्योग
२१ खानी तथा खनिजजन्य उद्योग
२२ बालुवा प्रशोधन तथा क्रसर उद्योग
२३ सिमेण्ट उद्योग
२४ आइरन तथा स्टिलउद्योग
२५ पेन्टिङ्गस रंगरोगन उद्योग
२६ जीआइ र प्लास्टिकपाईप र फिटिंग्स उद्योग
२७ बिजुलीका केबल तथा विद्युत्त सामग्रीहरु उत्पादन गर्ने उद्योग
२८ जुस तथा हल्का पेयपदार्थ उद्योग
२९ प्लाइउड र भेनिर उद्योग
३० विद्युत उत्पादन, विद्युत्त सामग्री, ट्रान्सफरमर तथा प्रशारणसँग सम्बन्धीत उद्योगहरु
३१ जस्ता पाता उद्योग
३२ हेभी मेशीनरी औजार मर्मत संभार
३३ खनिजजन्य उद्योग र खानीहरु ९लाइमस्टोन, खरि, डोलोमाइट, रेडक्ले, फलाम लगायत०
३४ समिल र काष्ठ उद्योग
३५ आल्मुनियम उद्योग
३६ ग्रील उद्योग
३७ फोहोर मैला संकलन तथा प्रशोधन उद्योग
३८ ढुवानी तथा कार्गो सेवा उद्योग
३९ मेसिन पार्टपूर्जा वर्कसप उद्योग
४० मोटर ग्यारेज वर्कसप उद्योग
४१ छापाखाना तथा प्रेस सम्बन्धी उद्योग
४२ सबै खाले वस्तु उत्पादन गर्ने लघु तथा घरेलु उद्योग
४३ विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग
४४ औद्योगिक क्षेत्रभित्र रहेका सबैखाले उद्योग


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #उद्योग सञ्चालन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं