बन्यो रुकुमको आठबिसकोटमा दश दिनमा कोरोना अस्पताल
रुकुमपश्चिम १४ बैशाख । जिल्लाको आठबिसकोट नगरपालिकामा दश दिनमा कोरोना अस्पताल बनेको छ । १० दिन मा बिभिन्न ८० श्रमिकहरुले ८ हजार घन्टा काम गरेर कोरोना भाइरसका बिरुद्ध लड्न आइसोलेसन भवन तयार गरेका हुन् । १४ शैयाको सुविधासम्पन्न अस्पताल तयार भएपछि स्थानीय खुसी भएका छन् । १२ शैयाका लागि बनाइने भनेको अस्पताल बनाउँदै गर्दा १४ शैया पुगेको छ ।
कोरोना संक्रमित विरामी भेटिए राख्न बनाइएको आइसोलेशन भवन कोरोना मुक्त भए सरुवा रोग शाखाका रुपमा स्थापित गरिने भएको छ । स्थानीय श्रम र स्रोत साधनबाट चैत २५ गतेदेखि आइसोलेसन भवनको निर्माण सुरु गरिएको थियो । भवन निर्माण, काठ, टायल, प्लाष्टर, विद्युतीकरण आदिको काम एकै साथ दिनरात काम गरिएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । ८९ लाखको लागतमा भवन निर्माण गरिएकोमा ७५ लाख बजेट खर्च भएको छ भने बाँकी १४ लाख बराबरको स्थानीयले श्रमदान गरेका हुन् ।
अस्पतालमा वैशाख १८ गतेदेखि सेवा शुरु गर्ने तयारी गरिएको छ । अहिलेसम्म नगरपालिकामा कुनै पनि कोरोना संक्रमित बिरामी भेटिएका छैनन् । यतिबेला भवन पेन्टिङ, फिनिसिङ लगायतका काम भने भइरहेका छन् । मुसिकोट नगरपालिका र चौरजहारी नगरपालिकाले पनि भवन निर्माण गरिरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कोरोना अस्पताल
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्