बन्यो रुकुमको आठबिसकोटमा दश दिनमा कोरोना अस्पताल

रुकुमपश्चिम १४ बैशाख । जिल्लाको आठबिसकोट नगरपालिकामा दश दिनमा कोरोना अस्पताल बनेको छ । १० दिन मा बिभिन्न ८० श्रमिकहरुले ८ हजार घन्टा काम गरेर कोरोना भाइरसका बिरुद्ध लड्न आइसोलेसन भवन तयार गरेका हुन् । १४ शैयाको सुविधासम्पन्न अस्पताल तयार भएपछि स्थानीय खुसी भएका छन् । १२ शैयाका लागि बनाइने भनेको अस्पताल बनाउँदै गर्दा १४ शैया पुगेको छ ।
कोरोना संक्रमित विरामी भेटिए राख्न बनाइएको आइसोलेशन भवन कोरोना मुक्त भए सरुवा रोग शाखाका रुपमा स्थापित गरिने भएको छ । स्थानीय श्रम र स्रोत साधनबाट चैत २५ गतेदेखि आइसोलेसन भवनको निर्माण सुरु गरिएको थियो । भवन निर्माण, काठ, टायल, प्लाष्टर, विद्युतीकरण आदिको काम एकै साथ दिनरात काम गरिएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । ८९ लाखको लागतमा भवन निर्माण गरिएकोमा ७५ लाख बजेट खर्च भएको छ भने बाँकी १४ लाख बराबरको स्थानीयले श्रमदान गरेका हुन् ।
अस्पतालमा वैशाख १८ गतेदेखि सेवा शुरु गर्ने तयारी गरिएको छ । अहिलेसम्म नगरपालिकामा कुनै पनि कोरोना संक्रमित बिरामी भेटिएका छैनन् । यतिबेला भवन पेन्टिङ, फिनिसिङ लगायतका काम भने भइरहेका छन् । मुसिकोट नगरपालिका र चौरजहारी नगरपालिकाले पनि भवन निर्माण गरिरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #कोरोना अस्पताल
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्