चौतर्फी बिरोधपछि प्रधानमन्त्रीले भने अध्यादेश फिर्ता लिन्छु
काठमाडौं ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार भएका छन् । मन्त्रीहरुकै असहमति हुँदा हुँदै जोडबलका साथ अध्यादेश जारी गराएका प्रधानमन्त्री ओली चौतर्फी बिरोध भएका कारण निर्णयबाट पछि हटेका हुन् । बुधबार सुदुरपश्चिम प्रदेश र प्रदेश १ का सांसदहरुसँग छलफल गरेका प्रधानमन्त्री ओलीले बिहिबार बिहान नेकपाका नेताहरुसँग छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार भएका हुन् । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालसँगको भेटमा अध्यादेश फिर्ता लिन तयार भएको बताइएको छ । नेताहरुबीच झण्डै दुई घण्टा बालुवाटारमा छलफल भएको थियो ।
गत सोमबार सरकारले ल्याएका दुई अध्यादेश र त्यसपछि उत्पन्न परिस्थतिका बारेमा दुई नेताबीच गम्भीर छलफल भएको थियो । खासगरी पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्नेमा नै नेताहरुको छलफल केन्द्रीत भएको थियो । नयाँ आधारमा थप र सुदृढ पार्टी एकताको संकल्प गर्न नेताहरु अगाडि बढ्ने सहमति गरेका छन् । पार्टीभित्र र बाहिरबाट चर्को विरोध आएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन् । छलफलमा प्रचण्डले नेताहरुको मागवमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् । यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए । नेकपाकै २० जना स्थायी कमिटी सदस्यले पछिल्लो राजनीतिक घटनाक्रमको छलफल गर्न स्थायी कमिटी बैठक माग गर्दै अध्यक्षद्धयलाई लिखित पत्र बुझाएका थिए । यसैबीच बुधबारबाट शुरु भएको नेकपा सांसदहरुसँग ओली र प्रचण्डको छलफल स्थगित गरिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्रीले भने अध्यादेश फिर्ता लिन्छु
ताजा खबर
- १संसद, सिंहदबार जलाउनेहरुलाई महानायकको रुपमा प्रश्तुत गरिएको थापाको आरोप
- २एमसीसी खारेज गर्न हर्कराज राईको माग
- ३भदौ २३ र २४ गते घटनाका दोषीलाई कारवाही हुनुपर्छः कांग्रेस
- ४संसदको बैठकमा रविको सन्देशः संख्याकै बलमा प्रतिशोध हुँदैन, सुशासनको वेग रोकिंदैन (भिडियो सहित)
- ५सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्न सरकारको पत्राचार,पत्रकारहरुको बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्