Techie IT
  • २० वैशाख २०८२, शनिबार
KhojPatrika

चुर्लुम्म भ्रष्टचारमा कर्मचारी तन्त्र


काठमाडौं ११ मंसिर । सुन्दा नी अच्चम लाग्ने एउटा समाचार । एक जना नायव सुब्बाले १५ करोड अकुत सम्पत्ति आर्जन गरे । बाराको सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्ताले २७ बर्षे जागिरमा १५ करोड कसरी कमाए होलान् । फेरि अहिले पनि मालपोत कार्यालयमै मुद्धा दायर नभएको भए अझै् कति कमाउथे होला ? प्रश्न यहि छ उनीले १५ करोड अशुल्दा उनीसँग काम गर्ने हाकिम सावहरु के अछुतै रहे होलान् त ? एक्लैले १५ करोड अशुल्दा पनि हाम्रा अनुगमन गर्ने निकाय कहाँ थिए होला ? कि कमाउन दिउ पछि समाउला भन्ने त पक्कै सोचेका थिएनन् होला । हुनत् यहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त र आयुक्तलाई नै भ्रष्टचार गरेको आरोप लाग्छ । पूर्वप्रमुख आयुक्त दीप बस्न्यातले अनियमितता गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्ति रोक्का गरेको छ । आयुक्त राजनारायण पाठकको घुस लिएको भिडियो बाहिरियो । भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका पूर्वप्रमुख आफैं गैरकानुनी सम्पत्ति आर्जनमा मुछिएपछि कसलाई कसको भर भो र ? सामान्य नागरिक होस वा दायाँ बायाँ हात फैलाउन नसक्ने कर्मचारीहरुको चुलै बल्न धौ–धौं छ । मंहगीले डाडै काट्दा सामान्य ब्यक्तीले प्याज र गोलभेडा त परेको कुरा नुन तेल खुर्सानी समेत खान गाह्रो छ । स्थायी सरकार मानिएको कर्मचारी तत्र घुस बिना कामै गर्देनन् भन्ने तथ्य सुब्बा सावको करोडौ सम्पतिले प्रमाण दिन्छ । घुस आज माग्नुभयो, भोली माग्नुभयो पर्सी माग्नुभयो । तर, त्यसको भोलीपल्ट तपाईले कमाउनुभएको मान, सम्मान र प्रतिष्ठा एक मिनेटमै स्वाहा हुनेछ । हुनत् दैनिक सरकारी कर्मचारी रंगेहात पक्राउ परिरहेका छन् । तर, पनि घुस लिने र दिने काम रोकिएको छैन् । जागिर खाएको केही बर्षमा करोडपति बन्ने सपना बुन्नुभएको छ भने होसियार । तपाईको अनुहारमा जतिबेला पनि सधैंको लागि कालो मोसो दले बराबर प्रतिष्ठा गुम्नसक्छ । बेलैमा होसियार बनौं ।


क्याटेगोरी : अर्थ, प्रमुख समाचार, विचार/लेख, समाचार
ट्याग : #चुर्लुम्म भ्रष्टचारमा कर्मचारी तन्त्र

तपाईको कमेन्ट लेख्नुहोस्