कहिले फेर्छन प्रधानमन्त्री ओलीले मन्त्री
काठमाडौं २५ कार्तिक । सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा जुटेका छन् । प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेपछि प्रधानमन्त्री ओलीले गृहकार्य सुरु गरेका हुन् । यही विषयमा छलफल गर्न उनले पार्टीको सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको चाहनाअनुसार सचिवालयका सबै सदस्यले मंसिर १ देखि लागू हुने गरी राजीनामा दिने तय भइसकेको छ । मंसिर १४ को उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी रहेको बताइएको छ । अधिकांश मन्त्रीको कार्यसम्पादन औषत भन्दा माथि नउठेपछि प्रधानमन्त्रीले पूरै फेरबदल गर्न खोजिएको हो । मन्त्रीहरूको कार्यशैली चुस्त र प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गरेपनि अपेक्षित परिणाम नआएकामा प्रधानमन्त्री असन्तुष्ट रहँदै आएका थिए । नेकपा अध्यक्ष समेत रहेका ओलीलाई मन्त्रिपरिषद् पुनर्गठन गर्न पाटीभित्रैबाट पनि दबाब छन । मन्त्रीहरू फेर्ने कुरामा अर्का अध्यक्ष दाहालको पनि सहमति छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #कहिले फेर्छन प्रधानमन्त्री ओलीले मन्त्री
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्