अझै १५ वर्ष बाँच्ने प्रधानमन्त्री ओलीको दावी
काठमाडौं ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्ने दस्तावेज भएको बताएका छन् । सविधान दिवस र राष्ट्रिय दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान ल्याउनका लागि अग्रजहरुको संघर्ष र बलिदानको महत्वपूर्ण देन रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले संविधानले बृहत्तर राष्ट्रिय हितलाई समेटेको समेत उल्लेख गरे । उनले आफनो स्वास्थ्य अवस्था राम्रो रहेको दावी गर्दै आफू अझै १५ वर्ष बाँच्ने दाबी गरे । प्रधानमन्त्री ओलीले आफू चिकित्सकको सल्लाह अनुसार पुनः सिंगापुर जान लागेको भएकाले स्वास्थ्यमा बाहिर हल्ला गरिएजस्तो कुनै गम्भीर समस्या नभएको स्पष्ट पारे ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #pm news
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्