अन्तर्राष्ट्रिय युवा दिवस, शिक्षामा रुपान्तरण उद्यमशिलता र नवप्रवर्तन नारा
काठमाडौं २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस सोमबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा यो दिवस मनाउन थालिएको हो । विश्वभर ‘शिक्षामा रुपान्तरण र नेपालमा शिक्षामा रुपान्तरण उद्यमशिलता र नवप्रवर्तन’ भन्ने नाराका साथ युवा दिवस मनाइँदैछ । नेपालमा युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको भए पनि अहिले सरकारले आफैले दिवस मनाउन थालेको छ । दिवस मनाए पनि युवाको बेरोजगार, अर्धदक्ष जनशक्ति, गुणस्तरिय शिक्षा जस्ता क्षेत्रमा काम हुन सकेको देखिँदैन । युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ मा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ मा युवा विकासका विषयलाई नीतिगत रूपमा समावेश गरेको छ । यसैगरी सरकारले २०७२ मा राष्ट्रिय युवा परिषद् ऐन ल्याइ जिल्ला तहसम्म परिषद् गठन गर्दै युवाका क्षेत्रमा काम गर्दै आइरहेको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #youth day
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्